काठमाडौँ।सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १५ गतेसम्म थप गर्ने र अझ कडाई गर्ने निर्णय गरेको छ । यसअघि दुई पटक थप गरिएको थियो । छिमेकी मुलु भातरमा आउदो बैशाख २१ गते सम्म लकडाउन रहेको छ । नेपालले पनि सीमा नाका भने १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।




