काठमाडौं । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारको २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो र्यापिड टेस्ट (आरडीटी विधि)मा पोजिटिभ देखिएका एकै परिवारको तीन जनामा पुनः पीसीआरबाट थप परिक्षण गर्दा दुइ जनामा पोजेटिभ रिपोर्ट देखिएको मन्त्रलायले आफ्नो फेसबुक पेजमा लेखेको छ ।
५८ बर्षिया एक पुरुष तथा उनकी आमा ८१ बर्षिया महिलामा कोरोना पुष्टि भएको हो र अर्को एक जनाको बाँकी १ जनाको हालको परिक्षणमा कोभिड(१९ पोजेटिभ देखिएको छैन । सनसिटि अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ । संक्रमितहरूसंग संलग्नहरूको ट्रेसिङ सुरू भएको छ ।





