काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक व्यक्तिको जीवनशैली र पारदर्शीतामाथि प्रश्न गरेका छन ।
भट्टाराईले आफ्नो ट्वीटरमार्फत आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरूको विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ? भनेका छन । प्रधानमनन्त्री र अन्य केही नेताहरुले आफ्नो तलव नलिने घोषणा गरेपछि सो प्रश्न गरेका हनु ।

संसद र सरकारलाई बुझाएको सम्पति विवरणमा गरिव देखिने नेताहरुको विलाशी जीवनशैलीको उनले प्रधानमन्त्रीको भड्किलो जन्मदिन मनाएको सन्दर्भ जोड्दै संसदमा समेत आलोचना गरेका थिए ।
भट्टराईले आफ्नो ट्वीटमा लेखेका छन प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब र भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरू( कमसेकम संसद र सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!)को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रण नभएसम्मको लागि आफ्नो तलव भत्ता कोरोना उपचार तथा नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।
सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेलगत्तै मंगलवार विहान भट्टराईले सो ट्वीट गरेका हुन । गोरखामा भट्राईसंग पराजित भएका श्रेष्ठले दुई महिनाको पारिश्रमिक कोरोना कोषमा र वाँकी १० महिनाको परिश्रमिक विपन्न वर्गमा खर्च गर्ने घोषणा गरेपछि भट्टराईलाई खट्पटि सुरु भएको हो ।




