ताजा समाचार

भारतमा ३ मे सम्म लकडाउन लम्बियाे

एजेन्सी । भारतमा लकडाउन ३ मे सम्म लम्बाइएको छ । भारतीय सरकारले लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन आज प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन ३ मे सम्म बढाउने बताएका हुन् ।

अाज देशबासीकाे नाममा सम्बाेधन गर्दै माेदीले २१ दिन लामो लकडाउन काटेको भन्दै कोरोना भाइरसलाई अझै बढ्न नदिन अर्को १९ दिन लामो लकडाउन लगाइएको बताएका छन् । तर परिस्थिति हेरेर अप्रिल २० देखि केही स्थानमा केही खुकुलो हुनसक्ने आश्वासन प्रधानमन्त्री माेदीले दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *