एजेन्सी । कोरोना भाइरस महाब्याधीबाट विश्वभर कुल १ लाख १९ हजार ४ सय ८३ जनाको मृत्यु भएको छ वल्डोमिटरको अनुसार मंगलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर १९ लाख २३ हजार ८ सय ४८ जना कोरानो संक्रमित भइसकेको छन् ।
त्यस्तै ४ लाख ४४ हजार ६ सय ३६ जना उपचारपछि निको भइसकेका छन्। सोमबार २४ घन्टामा मात्र २६ हजार बढी संक्रमित भेटिएका छन् भने ५ हजार ४ सय २३ जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रमित देखिएका छन् । अमेरिकामा मात्र ५ लाख ८६ हजार ९ सय ४१ जना संक्रमित भएका छन् । भने मर्नेको संख्या २३ हजार ६ सय ४० पुगेको छ जुन विश्वकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा १५ सय ३५ जनाको मृत्यु भएको छ भने २६ हजार नयाँ संक्रमित थपिएका छन् ।
उता, सुरूकाे अवस्थामा चीनपछि धेरै प्रभावित बनेकाे इटालीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २० हजार नाघेको छ । सोमबार त्यहाँ मर्नेको संख्या २० हजार ४ सय ६५ पुगेको हो । सोमबारमात्रै इटालीमा ५ सय ६६ जनाको मृत्यु भएको छ ।




