काठमाडौं । सरकारले बैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । सरकारले यसअघि थप गरेको लकडाउन अवधि बैशाख ३ गते सकिँने भएपनि संक्रमण बढ्दै जानथालेपछि एक हप्ता बढाउने तयारी गरेको हो।
नेपालमा फेरी पनि कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गईरहेको भन्दै वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी रहेको एक मन्त्रीले जानकारी दिए ।मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको हो ।
सरकारले एक हप्ता लम्ब्याएमा वैशाख १० गते लकडाउनको अवधी एक महिना पूरा हुनेछ । सरकारले पहिलो पटक चैत्र ११ गते देखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो ।




