ताजा समाचार

मानव सभ्यताको निरन्तरताका लागि प्रकृति र नारी प्रेम

२०७७ सालको अन्त्य आममानव जीवनका लागि अत्यास लाग्लदोे बन्यो । निश्चित भूगोल,सम्प्रदाय, जातजाति, धनी गरिव, सम्पन्न, विकसित, विकसोन्मुख सबै देशका नागरिकहरु चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसबाट पीडित प्रभावितमात्र भएनन मृत्यू बरण गर्न बाध्य भए । मानव समुदायलाई चुनौति दिदै आधुनिक विज्ञान प्रविधि,सशस्त्रताको होडबाजी, तुजुप र चुरिफूरी देखाउने सबै सबैलाई गम्भीर भएर सोच्न कोराना संक्रमण यसको उत्पति विकास र विस्तारले संसारलाई एकठाउँमा ल्याएको छ । क्षतिको आकलन गर्न नसकिएपनि मानव सम्यताको सुरक्षा र निरन्तरताको लागि मानिसले अनुशासित जीवनशैली अपनाउन र प्रकृतिलाई पूजा गर्न विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले सन्देश दिएको छ । यसबाट आक्रान्त बनेको विश्ले आज सबैकुरा विर्सिएको हुन पर्छ । आपसी मतभेद, कहल, अस्वस्थ्य प्रतिश्पर्धा, प्रकृतिको दोहन, अस्वस्थ्य जीवनशैली, प्राकृतिक प्रेम विपरितको खानपान, शसस्त्रताको होडवाजी र त्यसको विवेकहिन प्रयोगजस्ता विगतका गतिविधि र कार्यहरुप्रति आत्माआलोचना गर्दै अगाडीको यात्रा तय गर्न मानवजातिलाई प्रेरणा प्रदान गर्ने काम कोरोनाको विश्वव्यापी जटिलताले गरेको छ ।

धेरै मुद्धा र विषयहरु कारोनाका प्रकरणले मानिशहरुको विस्मृतिमा गएका छन होला । तेरो,मेरो,म,अहं, वैमानस्यता,वर्गिय मुद्दा,असमानताका चर्का कुराहरु यतिबेला ओझेलमा परेका छन । नेपाली महिलाहरुको विषयमा हुने चर्चा परिचर्चाहरुलाई पनि यो महामारीले ओझेलमा पारेको छ । प्रकृतिप्रेम माथि भएको निर्मम प्रहारले यो स्थिति भएको निश्कर्ष निकाल्न सकिन्छ । जव प्रेमको प्रशंग आउछ तव महिलाको मानमर्दन जोडिन्छ । परिस्थति र परिवेशलाई प्रेममय बनाउने काम महिलाले गरेका हुन्छन । धर्तिमाता भन्नुको पछाडीको कारण पनि यही हो । यो प्रेम मानिस मानिस बीचको मात्र होइन,मनव र प्रकृति, प्रकृति, जीवजन्तु जीवजन्तु र मानवबीचमा अन्याेन्याश्रित रहेको बुझ्नु पर्छ । जब यसको सन्तुलन विग्रन्छ त्यसले समस्या निम्त्यिाउ छ । महिलाले जति सहनशीलता देखाएर मानव सभ्यताको निरन्तरतामा योगदान पुर्याएका छन,प्रकृतिले पनि त्यही प्रकारको योगदान गरेको छ । प्रकृतिमाथिको अत्याधिक दोहन बढ्न थालेपछि यसप्रकारका महामारीहरु फैलिन्छन भन्ने याथर्थता मानवजाति र विशेष गरी शक्ति र शक्ता उन्मादमा विज्ञान प्रविधिको दुरुपयोग, प्रकृति र यसको सिर्जनामाथि प्रहर हुन्छ, त्यतिबेला संसारको सभ्यतामा कोरोना जस्तै समस्याहरु आउछन भन्ने बुझ्नु जरुरी छ । मौसम परिवर्तनको असरले विश्व तापमानमा परेको प्रभावबाट प्राप्त दुस्परिणाम समान स्वरुपमा विश्व मानवजातिले भोगिरहेकै छ । त्यसै गरि महिलामाथि हुने असमानता शाेषणका कारणले नारी शक्तिकाे दुर्गा स्वरूपले निम्तिने दुस्परिणाम प्रति पनि मानव सभ्यता समयमा नै सचेत हुन अावस्यक छ ।

नेपाली महिलाहरुको मुद्धामा जे जति प्रयासहरु भएका छन ति प्रयासहरुलाई संविधान र कानूनमा व्यवस्था गरिएका भन्दा अगाडी बढ्ने तदारुपता देखाइएको छैन । बाध्यात्मक व्यवस्था भित्र पनि दलिय व्यवस्थापनमा महिलाको स्थान दयनीय बनाइएको छ । विगतको तुलनामा प्रत्येक क्षेत्रमा महिलाको उपस्थिति र सहभागीता देखिएको भएतापनि राज्यको दृष्टिकोणमा समानता र सरलता आएको छैन । निर्मला पन्त प्रकरणमा न्याय नपाउने स्थिति भएको छ । सभामुख प्रकरणमा महिलालाई नै अर्घेलो देखाइएको छ । महिलामाथि पदीय आचरण विपरितको काम भएको अभियोगमा पुरुष सभामुखले राजीनामा गर्नु परेको अवस्थामा योग्य र सक्षम महिला उपसभामुखलाई सभामुख बनाउन सत्तारुढ दल तयार भएन जसका कारण सभामुख पद लामोसमयसम्म रिक्त रह्यो । र, अझै संवैधानिक व्यवस्था बमोजिम फरक दलबाट महिला उपसभामुख बनाउन संसद असफल भएको छ । हेर्दा सामन्य घटना लागेपनि यसमा लैंगिक दृष्टिकोणले निर्णय समयमा हुन नसकेको स्पष्ट छ । राज्यको निर्णायक तहमा महिलाको प्रभाव विस्तार नहुदा गएको वर्षले पनि इतिहासमा यस्तो अभिलेख सुरक्षित गरेको छ । कोरोनाको संक्रमणबट समाजलाई बचाउने हेतुले राज्यले घोषणा गरेको लकडाउनमा समेत महिला नै ज्यादा घरेलु काममा व्यस्त हुनु परेको र कहिकतै हिंसा बढेको गुनासो छ । घरयासी काम महिलाले नै गर्नु पर्छ भन्ने मान्यतामा परिवर्तन आउन सकेको छैन । लामो समयको बन्दाबन्दीमा अतिरिक्त जिम्मेवारी महिलामाथि नै आएको अनुभूति गर्न सकिन्छ ।

यि र यस्ता गतिविधि र दृष्टिकोणमा सुधार र परिवर्तन जरुरी छ । यात्रा अगाडीको नै गर्नुपर्ने हुँदा महिला पुरुष एक रथका दुई पंग्रा जस्तै भएर तमाम असमानत र असन्तुष्टिको सार्थक समधान खोज्न घर, परिवार,समाज,राज्य र विश्वसमुदाय एकाकर हुन नयाँ वर्ष २०७७ सालले सबैलाई सद्बुद्धि प्राप्त होस र प्रकृति एवं मानवजाति एक अर्काका परिपूरक भएकोले अस्वस्थ्य प्रतिश्पर्धा नगरी सहअस्थित्व स्वीकार गर्ने प्रेरणा मानवजातिलाई प्रदान गर्न सफलता मिलोस भन्ने शुभकामना !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *