ताजा समाचार

खै नयाँ वर्षलाई कसरी पो स्वागत गर्ने ?

हिजो आज विश्वका सबैजसो देशहरुमा नयाँवर्ष इस्वी संवत  हर्षोल्लासका साथ मनाइँदै छ । आफ्नै पात्रो र आफ्नै संवत भएको नेपालमा पनि नेपालीहरुले नै अंग्रेजी नयाँवर्ष भव्यताका साथ मनाइने गरेको पाईन्छ। तर आफ्नो नयाँवर्ष अर्थात बिक्रम सम्वतलाई पाश्चत्य सभ्यताले थिचेको महशुस गर्न सकिएको छैन।

लगभग पचासको दशक सम्मत प्रत्यक घरमा मासु लगायतका अनेक मिष्ठान्न पकवानहरु हुन्थे । सबै जहाँ जसरी बसेपनि नयाँवर्ष बिक्रम संवतलाई स्वगत गर्दै हर्षोल्लासका साथ मनाइँने गरिन्थ्यो। तर हिजो आज नयाँ पिँडीमा पाश्चत्य सभ्यताको प्रभावले आक्रान्त बनएका करणले पनि नयाँवर्ष बिक्रम संवतलाई स्वगत गर्ने परम्परा हराउँदै गएको पाईएको छ।

पचासको दशक पछित झन देशमा माओवादी विद्रोहका कारणबाट सिर्जित जातीय विभेदका कारण मुलुकमा चाडपर्व मनाउने उत्साहमा नैराश्यता देखा पर्न थालेको नेपाली समाजले अनुभुत गरेको छ। साथै हाल आफ्ना सन्ततिको विदेश पलायनले पनि नयाँवर्षको रौनक हराउँदै गएको छ। किनकी चाडपर्व भनेको सबै एकैठाउँमा बसेर रमाईलो गरेर मनाउने पर्व हो। त्यसमा पनि अहिलेको नेपाली समाजमा आफ्ना छोरा छोरीहरुको स्वदेश आगमन भनेको अतिथिको आगमन भन्दा कुनै पृथकता देखिदैन। अतः यताका वर्षहरुमा कुनै चासो र उल्हासमय वातावरण नभएको र पाश्चात्य सभ्यताको नक्कलमा रमाउने नयाँ पिँढीक करण पनि बिक्रम सम्वतको रमझम हराउँदै गएको हो।

बिक्रम सम्वतको पात्रोहरुलाई केलाएर हर्ने हो भने इस्वी संवतको क्यालेण्डरअनुसार नेपालमा २०२० को नयाँ वर्ष पुस १६ गते परेको थियो । यो ३० वर्षयताकै फरक परिस्थिति हो । आज भन्दा ३१ वर्षअघिदेखि गत वर्षसम्म हरेक वर्षको पुस १७ गते अंग्रेजी नयाँ वर्ष पर्ने गर्दथ्यो । तर यो वर्ष भने नयाँ वर्ष फरक मितिमा परेको छ । यस अघिको पनि अपवादलाई हेर्नेहो भने सन् १९८९ को नयाँवर्ष नेपाली क्यालेण्डरअनुसार २०४५ पुस १८ गते परेको थियो । त्यसपछिका अंग्रेजी नयाँ वर्ष भने हरेक पुस १७ गते पर्दै आएको छ । यी नयाँ वर्षभने विश्वभर उल्लेख्य रुपमा रमाईलो सँग मनएको पाईन्छ तर बिक्रम सम्वतको महत्व भने घट्दै गएको भान हुन्छ। अझ यसवर्षको परिवेश र परीस्थिति निकै अकल्पनीय हुन पुगेको छ।

यस वर्षको नयाँवर्षलाई हेर्नैहो भने इस्वी संवत २०२० को शुरुवात  निकैनै पीडादायक रह्यो। मानिसहरुलाई कोरोनाको गृहबन्दी बनेर समय कसरी बिताउने भन्ने चिन्ता बढाएको छ। कोरोनाभाइरसको त्रास एकातिर छ । विश्वभरी मानिसको मृत्युको खवरले सवैको मन दुखेको छ । विभिन्न देशमा छरिएका नेपाल आमाका सन्तानको मृत्युको खबरले झन छिया छिया भएको छ सवैको मन ।

विश्वको कुनाकाप्चामा पुगेका सवै नेपाली जनहरुले नयाँवर्ष इस्वी संवत २०२० लाई हर्षोल्लासका साथ मनाउन भ्याए तर यस्ले ल्याएको नरसम्हाररुपी उपहारलाई कसैले आँकलननै गर्न सकेनन्।

यसै वीच उत्तर अमिकाको क्यालिफोर्नियामा आफ्नो कर्मथलो बनाएर बसेकी दिक्षा बस्नेतद्वारा रचित  कविता यसमा राख्न सान्दर्भिक सम्झेर उल्लेख गर्ने प्रयाश गरेकोछु।

नयाँ बर्षमा सम्पूर्ण, प्यारहरुलाई शुभकामना

मित्रतामा समर्पित, यारहरुलाई शुभकामना !!

कोरोनालाई परास्त पार्दै, जोशहरुको रफ्तार बढोस

सुस्त पछी अघी बढ्ने, हतारहरुलाई शुभकामना !!

भ्रष्टाचारबाट रोकियोस मुलुक, महंगी बाट जोगियोस

दु:खि अनि गरिबका, हाट बजारहरुलाई शुभकामना !!

शान्तिको सन्देश बोकेर नयाँ बिहानि अब उदाओस

आउने प्रगति र उन्नतिका,समाचारहरुलाई शुभकामना !!

कसैलाई रोग नलागोस्, स्वास्थ्य जीबन बांच्न पाइयोस

तराइ, पहाड हिमाल अनि,किनारहरुलाई शुभकामना !!

बिगत जस्तै हुदै नहोस, निराकार होस भ्रष्टचारको

अब आउने जनताका सरकारहरुलाई शुभकामना !!

राजनीतिका काला बादल,हटेर जाओस ७७ सालमा,

सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना !!

प्रेमका पनि कुरा होउन, सोचेका सबै पुरा होउन

नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना !!

विडम्वना यस वर्क्षको नयाँवर्ष भने सबैका लागि निकै नीरश र दुःखपरुर्ण रहेको छ ।

चीनको उहानमा गत २०१९ डिसेम्बर २९ तरिखमा देखा परेको कोभिड -१९ ले निम्ताएको भयाबह एबम बिकराल महामारीको चपेटामा विश्वभरीका मानवहरु गुज्रीरहेका छन् । विभिन्न मुलुकमा विभिन्न पेसा ब्यबसाय गर्ने समुदायका साथै उज्वल भविश्यको सपना देखेर उच्च शिक्षा हासिल गर्न लम्केका नेपाली जनहरु या भनौ स्वोर्ग नै यहि हो भनि विभिन्न मुलुकमा विदशिएका नेपाल आमाका सन्ततिहरु आज जान- अन्जानमा कोरना भाइरस सामु आत्मा समर्पण गर्दैछन । आफ्नो प्राण एक एक गरि उसलाई बुजाउन वाध्य भएका छन्। संसारमाथि नै बिजय प्राप्त गर्दै आएको मानब जाति आज एक भाइरस सामु निरिह बन्न पुगेको छ जसका कारण हजारौ हजारले उसको सामु आफ्नो बलि चडाउन बाध्य भएका छन् भने आज हजारौको ज्यान अस्पतालको सैयामा छटपटाइरहेका छन् ।

अतः यसवर्षको परिवेश र परीस्थिति निकै अकल्पनीय भएकोले नयाँ वर्ष २०७८ मा हर्षोल्लासका सथ मनाउँला निडर भएर घरमानै बसौँ प्रकृति सँगको यो सँघर्षमा विजयी हौँ यहि मेरो शुभकामना !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *