काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलको प्रहरीले प्रयोग गर्ने एउटा कोठामा अकस्मात आगो लागेको विषय गोप्य राखिएको छ ।
विमानास्थलमा कार्यरत प्रहरीकै एउटा कोठमा थुपारिएको सूर्ती, पानपराग तथा केही अन्य सामानमा आगलागी भएको थियो । तर त्यहाँ गत चैत १५ गते आगलागी भएपनि अहिलेसम्म गसपचुप राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अगमन तर्फको कोठा नं १५४ मा नेपाल प्रहरीले बैदेशिक रोजगारमा जाने यात्रुहरुले बिदेशमा लग्न लागेको सुर्ती, पराग, गुटखा तथा सुर्तीजन्य बस्तुहरु जफत गरी राखेको थियो ।
यसरी जफत गरिसकेपछि तत्काल भन्सार विभागलाई हस्तान्तरण गरी पारदर्शी काम गर्नु पर्नेमा प्रहरीले जफत गरेका सामान यसरी थुपारेर राख्नु र आगो लागेको अवस्थाको प्रतिवेदन तयार भएपछि मात्रै आगलागी भएको कुरा अध्यागमन विभागसम्म आइपुगेको थियो । प्रतिवेदन अनुसार सो कोठामा विद्युत सर्ट भई आगोलागी भएको थियो। सो आगलागी नियन्त्रणमा लिन झण्डै ३५ मिनेटपछि मात्र आगो निभाउने यन्त्र पुगेको थियो।
नेपाल प्रहरीकै लापरवाहीका कारण सो आगो लागि भएको बिमानस्थल स्रोतको दावी गरेको छ। सुर्तीजन्य पदार्थहरु विदेश लैजानेहरुसँग सेटिङ चल्ने गरेको र विशेषत बैदेशिक रोजगारमा जाने कामदारहरुमार्फत खाडी मुलुकहरुमा जाने सुर्तीजन्य पदार्थहरु सेटिङमा नमिलेको अवस्थामा मात्र पक्राउ गर्ने गरेका छन् ।




