काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा सरकारका चार गल्ती औंल्याएका छन । शर्माले पार्टीको आधिकारीक फेसवुक पेजमार्फत लाइभ गर्दै सरकारका चार गल्ति औल्याएका हुन ।
स्वास्थ्य सामाग्री खरिदमा ढालाई गर्नु शर्माले सरकारको प्रमुख कमजारीको रुपमा औल्याएका छन । दोश्रो कमजारीलाई शर्माले टेण्डर आह्वान पारदर्शी नहुनुलाई औल्याएका छन ।
यसै गरी शर्माले अर्को कमजोरी बजार मूल्यभन्दा बढी राज्यकोषबाट रकम निकास गरेर भ्रष्टाचार गरेको औल्याएका छन । सरकारले कमसल स्वास्थ्य सामाग्री ल्याउनु चौथो कमजोरी भएको उनले स्पष्ट पारेका छन ।
प्रवक्ता शर्माले विस्व स्वास्थ्य संगठनले मान्यता नदिएको किट प्रयोग गर्नु अपराध हो कि आन्या भन्दै सरकालाई प्रश्न गरेका छन ।
कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पीपीइ विन मैदानमा होमिएको भन्दै सरकारको आलोचना गरेका छन । छापामार शैलीमा आएको कोरोनासंग जुध्न सरकारको तयारी अप्रयाप्त भएको उनले बताए । यसै गरी शर्माले महामारीसंग जुध्न माक्स चाहिन्छ भन्दा सरकारले कार्लमाक्स सुनेको भन्दै आपत्ति प्रकट गरे ।
सवै दल र दिल मिलेको बोल प्रधानमन्त्री सम्वोधन आलोचना केन्द्रीत हुन दुखद भएको बताए ।
https://www.facebook.com/bpsharma/videos/10220025465140972/




