काठमाडौं।विरगञ्जमा तीन जना कोरोना संक्रमित भेटिएका छन । बिरगंज महानगरपालिका, वडा २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको स्वाब परिक्षण गर्दा त्यस मध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड १९ को संक्रमण भएको पुष्टि भएको हो । कोरोनाको आशंकामा उनीहरुलाई नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखिएको थियो । उनीहरुको थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ।
परिक्षण गरिएका २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ रिपोर्ट पोजेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९ शनिबार पुनः परिक्षण गर्दा समेत उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारीक पेजमार्फत पोजिटिभ देखिएकाहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गर्ने कार्य भइरहेको जनाएको छ ।





