२०७७ साल उपलब्धि मुलक, सुखी र समृद्ध होस् । पशुपतिनाथले हामी सबैको रक्षा एबम कल्याण गरून् ।
२०७७ सालको कुरा गर्दा यो सालको सम्वत्सार नाम प्रमादी हो । यो बर्षको राजा बुध ग्रह हो भने मन्त्री चन्द्रमा हो । बुध र चन्द्रबीच केही बेमेल भएपनि यो बर्ष यी दुई ग्रहको भूमिका शुभ र अनुकुल होला । शैक्षिक क्षेत्र, खोज (अनुसन्धान, उद्योग एबम व्यपार, बैंक, वित्तीय संस्था एवं शहकरी संस्था, प्रकाशन, पर्यटन, कृषि, जल, दुग्धजन्य पदार्थका काममा यो बर्ष अनुकुल एवं उन्नतिदायक होला ।
ग्रहमंडलीय अवस्थाको आधारमा यो बर्ष चन्द्र कुन्डलीलाई मात्र आधारले हेर्दा १२ राशीहरुलाई निम्न अनुसार फल मिल्ने छ ।
मेष राशी :
वर्षको सुरुसँगै जोस जाँगर बढेर जानेछ । ज्ञान एवं बौद्धिकताको सही सदुपयोग कर्म स्थान तथा भाग्य वृद्धिमा होला । परिवारिक, प्रेम एवं दाम्पत्य जीवन सुखमय होला । आयम वृद्धि होला । बर्षको अन्ततिर स्वास्थ्यको ध्यन राख्नु होला । कार्यमा गोपनीयता राख्नुका साथै अत्मविश्वास बढाउनु होला ।
बृश राशी :
मान सम्मानमा वृद्धि आउनुका साथै विबाहको योग शुभ देखिन्छ । जीवन साथीको स्वास्थ्यमा बिशेष सावधनी राख्नु होला । खर्चमा वृद्धि हुने भएता पनि आय सोचे जस्तै होला । हरेक कार्य गर्दा मेहनत तथा जिम्मेवार भई गर्नु होला । शत्रु पक्ष बलियो देखिन्छ । अनावश्यक वादविबाद तथा झै झगडा बाट टाढा बस्नुहोला । जन्म स्थान बाट टाढा एबं वैदेशिक काममा भने सफलता पाउने योग छ ।
मिथुन राशी :
यो बर्ष काम काजमा सफलता पाउन मेहनत ज्यदा गर्नु पर्नेछ । सरकरी तथा राज्य सम्बन्धी काममा केही सजग हुनु होला । आर्थिक स्थिति मध्यम होला । मन र बोलीलाई नियन्त्रण गर्दै बर्ष बिताउनु होला । शुभ फल मिल्ने छ ।
कर्कट राशी :
सबै प्रकारको सुखको भोग होला । पिताको सहयोग सल्लाह पाउनुको साथै वहान एवं भूमि सुख मिल्ला । व्यापार–व्यबसायमा सफलता मिल्ला । काममा तपाईंको प्रसंशा होला । आय प्रगति उन्मुख होला । विवाद युक्त कामबाट भने टाढा हुनुहोला ।
सिह राशी :
भाइ बहिनीको लागि खर्चको योग भए पनि प्रतिफल राम्रो मिल्ला । यात्रा एवं वैदेशिक काममा विशेष सफलता मिल्ने योग छ । भौतिक एवं आध्यात्मिक सुखमा वृद्धि होला । समाजमा प्रभाव बढेर जानेछ । जिम्मेवारी होसियार साथ पूरा गर्नुहोला ।
कन्या राशी :
धन कमाउनको लागि यो बर्ष तपाईंको लागि महत्वपुर्ण हुनेछ । मन प्रशन्न हुनुका साथै बोलिको प्रभाव मध्यम होला । मान सम्मान मिल्ने एवं इज्जतमा वृद्धि होला । सानातिना घटनाले मन भने दुखी एवं निराश बन्नेछ ।
तुला राशी :
आयमा वृद्धि एवं खर्चमा नियन्त्रण हुनेछ । स्वास्थ्थमा सुधर होला । शरिरमा नयाँ जोस जाँगर देखिनेछ । परिवारको स्वास्थ्यमा अलि ध्यन दिनु होला । काममा तपाईंको पुर्ण सफलता एवं महत्वपूर्ण अवसर मिल्ने बर्ष छ ।
बृश्चिक राशी :
मन अशान्त एवं कमजोर हुने हँुदा आत्मवल कयम गर्नु होला । हरेक कार्य गर्दा खर्चमा वृद्धि हुने एवं झमेला उत्पन्न होला । स्वास्थ्यमा ख्याल गर्नुहोला । चोटपटक एवं दुर्घटना प्रति विशेष सजग हुनुहोला । कार्य गर्दा तालमेल मिलाएर गर्नुहोला । अनावश्यक झमेलाबाट टाढा बस्नुनै बुद्धिमानी हुनेछ । बर्ष शुभ नै बित्ने छ ।
धनु राशी :
वैदेशिक तथा कुटनैतिक कार्यमा सफलता मिल्ने छ । बिदेश यात्राबाट विशेष लाभ मिल्ला । आयमा सानो तिनो समस्या आए पनि धनको कमी नहोला । विद्या तथा सन्तान सुखमा वृद्धि होला । हरेक कार्य गोपनिय तरिकाले गर्नु होला । सफलता आबस्य मिल्नेछ ।
मकर राशी :
भाग्यले साथ दिनुका साथै मान सम्मानमा वृद्धि होला । अरुको सल्लाह तथा सहयोग मिल्ने छ । राज्यद्वारा सम्मान र अवसर पाउनुका साथै हरेक कार्यमा सफलता पाउनुु हुनेछ । घरेलु वातावरण सुखमय होला ।
कुम्भ राशी :
बिस्तरै बोलिको प्रभावमा प्रगती होला । भाग्यले साथ दिए पनि कार्य गर्दा बिशेष ध्यान राख्नुहोला । यात्रा अनि धर्मिक कार्यम भने पुर्ण लाभ मिल्ने छ । पराक्रम अनि मान–सम्मानमा मध्यम मिल्ला । हतारको निर्णय लिनु भन्दा विवेक पुर्याउनु होला ।
मीन राशी :
बर्ष शुभ नै हुनेछ । आर्थिक रुपमा उन्नति दायक समय छ । काम एवं व्यापारले नयाँ गति लिनेछ । पारिवारिक वातावरण सुखमय होला । सोच एवं चाहाना पूरा होला । प्रशासनिक काम एवं क्षेत्रबाट लाभ तथा प्रसम्स मिल्ला ।
यो वार्षीक राशिफल तपार्इंको चन्द्र कुन्डलीलाई आधार मानी तयार गरिएको हो । आधिकरिक फलका लागि तपाईंको जन्म समय, स्थान र लग्न अनुसारको अनिवार्य योग्य ज्योतिषीहरुलाई भेट्नु नै पर्ने छ ।
(सम्पर्क : ९८५११४९०३९, आदित्य वैदिक ज्योतिष परामर्श केन्द्र, काठमाडौं ।)




