एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिएको छ । अहिलेसम्म त्यहाँ संक्रमितको संख्या आठ हजार ४ सय ४६ पुगिसकेको छ । पछिल्लो २४ घन्टामा मात्र ८ सय य४६ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै कोरोना भाइरसबाट २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन्। शनिबारमात्र थप ३९ जनाको ज्यान गएको छ ।
उता चीनमा भने पछिल्लो २४ घन्टामा कसैको पनि ज्यान गएको छैन । भने ९९ जना नयाँ संक्रमित भने देखिएका छन् । चीनमा ८२ हजार ५२ जना संक्रमित भएका छन् भने ३ हजार ३ सय ३९ जनाको ज्यान गएको छ ।
चीनले आफ्ना राज्यहरुमा विस्तारै लकडाउन खोल्दै गएको छ ।




