सामान्य मानिसको अपेक्षा सरकारले नै बढाउने हो । निर्वाचनको समयमा सक्ने नसक्ने सबै आश्वसन दिन पछिनपर्ने राजनीतिक दल र त्यसको नेतृत्वले सत्तासीन भएपस्चत जनतामा उर्लिएको मनोकांक्षा पुरा गर्नतर्फ इमान्दारिता देखाउन नसक्नु उसको कमजोरी हो । त्यही कमजोरीका कारण संसारमा सरकारहरु असफल भएका छन,शासक वद्नाम, कमजोर,निरंकुश मात्र होइन स्वेच्छचारी र अधिनायवादी समेत भएका छन । जसले शासन व्यवस्था,राजनीतिक विचार र राजनीतिक नेतृत्वको चरित्र र व्यवाहरको बारेमा थुप्रै प्रश्न चिन्ह लगाएको छ । बहस,विवाद र छलफलको आवस्यकता औल्याएको छ । सिद्धान्त र विचार व्यापक विमर्शको अवस्था निर्माण गरेको छ । सार्वजनिक छवी एउटा हुँने तर, व्यक्तिगत आचरण र चरित्र फरक देखिने कारणले केवाल नेतृत्वलाई मात्र होइन आदर्श र आदर्शमा आधारित साशकीय प्रवन्ध(संविधान,प्रशान प्रणाली र पद्धति) माथि नै प्रश्न चिन्ह लगाउने र असफलसिद्ध गराउने काम गरेको छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमतको सरकार बनाउन सफल भएमा आकाशको तार नै खसालिदिने आश्वसन दिनुभएको थियो । रेल,पानी जहाज,घरघरमा ग्यास,वृद्धवृद्धालाई नमस्कार गर्दै पाँच हजार वृद्ध भत्ता, कोहि भोकै मर्नु नपर्ने,रामराज्य हुने,देशको अखण्डता र सार्वभौमिकता माथि कसैले दृष्टि लगाउन नसक्ने,नेपाल सहजै स्वीजरलेण्ड सिंहापुर हुने लगायतका संभव असंभव आशा देखाउनु भएकोमा सत्तासीन हुने वित्तिकैदेखि सरकारका काम कारवाही त्यसको विपरित दिशातर्फ उन्मुख हुँन पुगे । जसले गर्दा नेपाली जनता परिवर्तन,शासकीय प्रवन्ध तथा सरकारमा हुने व्यक्तिहरुको परिवर्तनप्रति असन्तुष्ट बन्दै गएका थिए । सरकारले लिएका नीति र दिएका आश्वसन एक आपसमा तालमेल नै हुन नसकेको अवस्थाले आम मानिसहरुलाई निराश बनाएको थियो । व्यवसायीहरुलाई आतंकित बनाउने,वुद्धिजिवीहरु माथि भौतिक आक्रमण गर्ने,स्वास्थ्य आलोचना पचाउन नसक्ने, प्रतिश्ठित व्यक्तिहरुको सार्वजनिक प्रतिश्ठामा आच पुर्याउने, अनियमित कार्यहरुमा रुची राख्ने,भ्रष्टाचारजन्य गतिविधिहरु प्रति नियन्त्रण राख्न नसक्ने,भ्रष्टाचार भएको आवजप्रति आक्रोश पोख्न, भ्रष्टाचारलाई बचाउने कामले सरकार एकप्रकारले असफल भएको महशुस सर्वत्र भएको थियो । वलियो, स्थायी र दुईतिहाइको समर्थनप्राप्त सरकार भएरमात्र प्रयाप्त नहुने रहेछ, त्यसमा काम गर्ने व्यक्ति योग्य,इमान्दार,कर्तव्यनिष्ठ हुनुपर्ने रहेछ । खोक्रो आश्वसन र सस्तो प्रचारवाजी देश र जनताका लागि महंगो पर्दो रहेछ भन्ने आम बुझाई भएको छ ।
यस्तो असफल,कमजोर र असक्षम सरकार भएकै अवस्थामा विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रकोप देखिनु र त्यसबाट नेपाल पनि अछुतो नहुने परिस्थितिको मुकाविला गर्न सरकारले समयमा नै उपर्युक्त कदम चाल्न नसक्नुले थप नैराश्यता र जटिलता देखिएको छ । आवस्यक स्वास्थ्य सामाग्री खरिदका क्रममा भएको भ्रष्टाचारको घटनाले त सरकारलाई विश्थापित गरिसकेको थियो । समयको जटिलताका कारण केयर टेकरका रुपमा सरकार रहेको आभास हुन्छ । कुनै पनि निर्णय गर्न सक्ने सामथ्र्य र क्षमता सरकारले देखाएन । स्वास्थ्य सामाग्री खरिद र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णयले सरकार असफल भएको स्वयंको निर्णयबाट पुष्टि हुन्छ । हामी इमान्दार छैनौ, विश्वास र भरोसा छैन,आफन्त,नातागोता, छोराछोरी नै भ्रष्टाचारमा संलग्न हुने घटनाले कसैप्रति विश्वास नभएको पुष्टि गरेको छ । शासन व्यवस्था अन्यत्रबाट चलेको आभास हुन्छ । काठमाडौमा रहेका काठमाडौंबाट बाहिर जाने नागरिकका लागि दुई दिन जानदिने व्यवस्था गरेको निर्णय सार्वजनिक भएको केही घण्टामा नै उक्त निर्णय फिर्ता भएको छ । सरकारले कुन विश्वास, आधार र सूचनाका साथ उल्लेखित निर्णय गर्यो ? के कति कारणले फिर्ता लियो ? नेपाली जनताले न बुझ्न पाए न बुझ्नै सके । निर्णय कसरी हुन्छ, त्यसको विधि र प्राथमिकता के हो ? सरकारको निर्णय पनि यस्तो हावदारी तथा अपरिपक्क हुन सक्छ ? यो सरकार हो या गाउँका सामान्य मानिसले सञ्चालन गरेको सहकारी संस्था हो ? गाउँका मानिसले आफ्ना सदस्यहरुप्रति इमान्दारीता देखाउछन, बेहमानी गर्दैनन् भन्ने विश्वास आर्जन गरेका छन । अति परिपक्क निर्णय लिन्छन । तर सरकार न इमान्दार र पारदर्शी छ न त परिपक्क निर्णय नै गर्छ । सरकारको विश्वास गर्न सक्ने अवस्थामा आम नागरिक छैनन। आम नागरिकको विश्वास नहुनु भनेको सरकार असफल हुन हो । सरकार असफल हुनु भनेका शासन व्यवस्थाप्रति गम्भीर प्रश्नचिन्ह लाग्नु हो । यस्तो सम्वेदनशील अवस्थामा अति गम्भीर विषयमा लिने र लिइएका निर्णयहरु यस्ता कमजोर,अविश्वसनीय,अपरिपक्क हुनुले नै सरकारको वैधानिकता समाप्त गरेको छ । त्यसैले यो सरकार कामचलाउ सरकारको रुपमा परिणत भएको हो । संसदको समयावधी,संख्या र समर्थनले मात्रपनि सरकारको वैधानिकता कायमहुँन सक्दो रहेनछ भन्ने राजनीतिक घटनालाई केस स्टडीको रुपमा नेपालको केपी ओली नेतृत्वको सरकारको सुक्ष्मा र गम्भीर विश्लेषणबाट एउटा नयाँ राजनीतिक दर्शन स्थापित गर्न सकिन्छ ।
जुन राजनीतिक मान्यताका आधारमा एमाले माओवादी गठवन्धनको सरकार बन्यो त्यहाँ कुनै सिद्धान्त, आदर्श, विचार र कार्यक्रम थिएन । सत्ता स्वार्थमात्र विषयको केन्द्र विन्दू रहेको थियो । त्यसैमा एकता, गठवन्धन र सरकार बनेको हो । सत्तासीन हुने लोभ र आसले तत्कालिन एमाले र माओवादीले आ आफ्नो ठाउँ छोडेका छन । अर्थात उनीहरुले अंगालेको सिद्धान्त र विचार त्याग गरेका छन ।
देश,जनता र आवस्यकताको सिद्धान्तबाट निर्देशित नभएको अवसरवादी गठवन्धनले दिने यस्तै यस्तै हो । धेरै अपेक्षा राख्नु नै मुर्खता हो । देशको क्षमता र सरकारको सीमितता बुझेका व्यक्तिहरुले यो सरकारसंग बढि आस गरेको देखिन्छ ।त्यसले नै निराशा थप बढाएको हो ।




