वैदिक सनातन धर्म, बिज्ञान र मनुष्य जीवनको लागि ज्योतिष शास्त्र अनौठो र बिज्ञान भन्दा माथीको विषय हो । ज्योतिष शास्त्रमा अध्ययन र खोजिको असिमिता छ । यस्तो असिमित दायर बोकेको ज्योतिष शास्त्र आफैँमा महान मात्र होइन बैज्ञानिक पनि छ । खगोलिय परिवर्तन निरन्तर चलिरहेको हुन्छ र चल्छ । चल्नु पनि पर्छ किनकि यो नै प्रकृतिको नियम हो । यही खगोलिय चलको कारण ग्रहमण्डल, नक्षत्रहरुमा विभिन्न खालका नयाँ तथा महत्वपूर्ण युक्ति एबं संयोगहरु बन्छन् । यस्ता युक्तिहरु ज्योतिष बिज्ञान, ज्योतिष एबं खगोलविद्का लागि नयाँ पाठ अनि अध्ययनको विषय बनेको छ । यो एउटा सिकाईको चुनौति एवं प्रखर ज्योतिष बनाउने परीक्षा पनि हो । खोज एबं अनुसन्धानले हामी ज्योतिषहरुलाई हरेक घटनाक्रममा नयाँ चेत र अध्याय थपेको छ । जुन हाम्रो ज्ञानको दायरा बढाउने अबसर अनि नवीन खोजको मौका हो । हरेक खगोलीय घटनाहरु (युक्ती, सयोग, उच्च, निच, योग जस्ता ज्योतिषीय अवस्था) ले नयाँ कुराको थालनी गरेको हुन्छ । धेरैले ज्योतिषीय घटनाक्रमलाई बिगतको उदाहरण दिएर समाधान गर्न खोज्छन् र यो व्यवहारिक कम छ । कारण समय परिवर्तनशिल छ ।
यो समय पुरै विश्वभरीमा कोरोना संकट वा माहामरी डरलाग्दो रुपमा फैलदैछ । यो संकटलाई मैले ज्योतिषीय रुपम अलि फरक रुपमा लिएको छु । यो बर्षको २०७६ साल पुस महिनको १० गते लागेको सुर्यग्रहण, केतु ग्रहको धनु राशिमा बलियो उपस्थिति हुनु एबं केतुकै नक्षत्र गुरु, सुर्य जस्ता प्रभावकारी ग्रह केतुको प्रभावमा आउनु यो महामारिको प्रमुख कारण हो । तर हालै गोचरमा भएको परिवर्तन मकर राशिमा रहेको शनि मंगल र बृहस्पतिबार ग्रहको युक्तिका कारणले गर्दा कोरोनको माहमारी रोगको क्षेत्र साँघुरो हुँदै जानेछ । काल पुरुष एबं गोचर कुण्डलीमा मंगल उच्च हुनु रोग प्रतिरोधात्मक शक्ति बढेर जाँदैछ कोरोना कमजोर हुँदैछ ।
नेपालको हकमा देशको राशी कुण्डलीमा राशी स्वामि मंगल उच्च हुनु र यो पटकको शनी मंगल युक्ती नेपाल देशको लागि सकारात्मक हुनु, गुरु र शुक्र ग्रहको बसाई जस्ता ज्योतिषीय अवस्थाले गर्दा कोरोना नेपालको लागि ठुलो संकट र महामारी हुने छैन । नयाँ बर्षको थालनी बुध र चन्द्रमाको यो बर्षको राजा र मन्त्री हुनु अझ नेपालीहरुमा कोरोना कमजोर भएको छ । वैशाख भित्र कोरोनको उपचार विधि र रोकथाम हुने देखिन्छ ।




