कला/साहित्य

दुई आत्माको खेल

१.

स्वाभिमानी अडान

स्वार्थलाई ढकेल्दा

टाढियो खुसियाली

सङ्गाल्दै दु:ख ।

२.

दिल उदाङ्गो पार्दै

मायाप्रिति लगाएँ

भाताभुङ्ग विश्वास

चर्केको ऐना ।

३.

बसेथें चुपचाप

जिस्क्यायो माया दिंदै

घाती बन्दा एक्लिएँ

माया नौटङ्की ।

४.

उदास थियो मन

तिमी आयौ नजिक

फुरुङ्ग पर्दै जिस्केको

गाँसियो नाता ।

५.

विश्वास घात हुँदा

आफैमा हराएर

बनेको गुमनाम

स्वार्थ लिलामी ।

६.

जान्नेसुन्ने बनेर

कोतारेको चरित्र

नाङ्गेझार बन्दामा

लुकेछ फुर्ति ।

७.

तिम्रो त्यो कालो आँखा

मिलेको जिउडाल

मीठास पूर्ण बोली

सम्झेको सधैं ।

८.

अपनत्व जोडिदा

दुई आत्माको खेल

लुटिएको खुसीले

जोडिन्छ दूरी ।

९.

बिछोडिएको माया

भद्रगोल जिन्दगी

खोजिएको बिर्सन

गड्यो सम्झना ।

१०.

लैला मजनु जोडी

खुसीयाली बोकेर

मायाको भारी बोक्दा

लोभ झाङ्गेको ।

११.

देखावटी मायामा

लठिदै आत्मा साट्दा

जीवन नै दुर्गन्ध

अगाल्दै मृत्यु ।

१२.

जोडेको सम्बन्धमा

विश्वास तोडेपछि

बन्यो पूर्व पश्चिम

नाता पराई ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *