काठमाडौं । मारवाडी समूदायका व्यापारीहरु कुन न कुनै मुलुकका अवैतनिक दुत रहेका थिए । उनीहरुले अवैतनिक दूत रहेको मुलुक र नेपालसँग सेतुको भूमिका निभएको भन्दै आएका थिए । तर शंकर ग्रुपका सुलभ अग्रवालले कुटनीतिक नियोगको गाडीबाटै कालोबजारी र तस्करी गरेको खुलेपछि सरकारले करिब ४० जना व्यापारीलाई अवैतनिक दूतले पाउदै आएको सुविधा खोसिएको छ ।
कालोबजारीको आरोपमा शुलभ अग्रवाल पक्राउ परेसँगै सबै सुविधा खोसिदिएको हो । शंकर गुप्रका निर्देशक शुलभ अग्रवालका कारण अन्य ब्यापारिक घरानाका उद्योगपति माथि पनि अवैतानिक दुतका रुपमा पाएको सुविधा दुरुपयोग गरेका त छैनन् ? भन्ने प्रश्न उठेपछि उनीहरुले पाउँदै आएको सुविधा परराष्ट्र मन्त्रालयले खोसिदिएको हो ।
उद्योगपतिहरुले विभिन्न देशका अवैतानिक दुतका रुपमा पाउदै आएका निलो प्लेटको गाडीमा प्रयोग गर्न पाउने सुविधा र गाडीमा राष्ट्रिय झण्डा राख्न पाउने सुविधा खोसिदिएको हो । सुविधा खोसिने व्यापारीहरु चन्द्र ढकाल-इण्डोनेसिया, अजय सुमार्गी – बेलारुस, आङछिरिङ शेर्पा- बेल्जियम, राजेशकाजी श्रेष्ठ – भियतनाम, वसन्तकुमार चौधरी-मोरक्को, अरुणकुमार चौधरी-हंगेरी, निर्वाणकुमार चौधरी – सर्बिया, राहुल चौधरी- माल्दिभ्स, बरुण चौधरी -काजकिस्थान, अम्बिका श्रेष्ठ – स्पेन, राजेन्द्र खेतान- पोर्चुगल, प्रेमप्रकाश खेतान- टर्की, पारस शाक्य – फिजी छन ।
यसै गरि अमिरप्रताप राणा- क्रोसिया, पद्मज्योति -साइप्रस, प्रदीपकुमार श्रेष्ठ -दक्षिण अफ्रिका, शशीकान्त अग्रवाल – इक्वेडर, शिवरतन शारदा -जर्जिया, विक्रम पाण्डे -ग्रिस, अशोककुमार अग्रवाल-गिनी, नरेश श्रेष्ठ- इरान, मनोजबहादुर श्रेष्ठ-आयरल्याण्ड, प्रतिमा राणा पाण्डे-इटली, कर्ण बैद्य- लात्भिया, शोभाकर न्यौपाने-लिथुहनिया श्रीराम लामिछाने – लक्जमबर्ग, राजेन्द्र गिरी- इथोपियाकाे सुविधा खोसिएकाे छ ।
नवराज दाहाल- इष्टोनिया, हरि धरेल- डेनमार्क, विनयमान श्रेष्ठ- कोलम्बिया, वसन्तराज मिश्र – चिली, बिष्णुकुमार अग्रवाल-चेक रिपब्लिक, बुद्ध बस्नेत -क्यानडा, भोलाविक्रम थापा – बुल्गेरिया, दिनेश श्रेष्ठ- माल्टा,नरेश दुगड -मेक्सिको .छेतेन गुर्मेन श्रेष्ठ – मंगोलिया, सुमितकुमार अग्रवाल-पेरु ,सुरज बैद्य – फिलिपिन्स, लोकमान्य गोल्छा-पोल्याण्ड, नारायण बजाज- रुमानिया, पासाङदाबा शेर्पा-स्लोभाक रिपब्लिका, गजेन्द्रबहादुर श्रेष्ठ- स्वीडेन, राजेश चौधरी – तान्जेनिया, किरण बैद्य – युक्रेनकाे सुविधा परराष्ट्रले खोसिदिएको छ ।




