ताजा समाचार

महामारी नियन्त्रणमा सरकारले विराएको बाटो

काठमाडौं।सरकारको असावधानीका बाबजुत कोरोना भाइरसको प्रभाव,विस्तार तथा संक्रमण सामान्य अवस्थामा रहनु नेपालका लागि सकारात्मक र सुखद हो । पशुपतिनाथले मात्र बचाउछन भन्ने मान्यता र मानसिकता राख्ने मानिसको नजरमा सरकारको सावधानी र तयारी सन्तोसजनक सम्म थिएन । सरकारको तर्फबाट भएको सामान्य प्रयास पनि सत्तारुढ दलका शीर्ष नेतृत्व तथा मन्त्रीहरुबाट भएको भ्रष्टाचार र अनियमितताको विषयले त्रसित नेपाली जनतालाई थप निरास बनाउने काम गर्यो । भ्रटाचार तथा अनियमिताको विषयलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले व्यापक बनाए पश्चात सरकार रक्षत्मक बन्न बाध्य भयो । त्यसलाई मथर बनाउन सक्ने सामथ्र्य र हैसियत सरकारसंग देखिएन । त्यतिमात्र होइन, जनतालाई आस्वस्त एवं विश्वस्त बनाउन नैतिक धरातल नै सरकारसंग बाँकी थिएन । शंकाको सुविधा दिने अवस्थासम्म देखिएन । यो सरकार भ्रष्ट नै हो भन्ने निश्कर्षमा सम्पूर्ण क्षेत्र पुगिसकेको छ । सत्तारुढ दलकै नेता तथा कार्यकर्ता समेत सडकमा देखिन थालेपश्चात त्यसको प्रतिवाद गर्ने उद्देश्यका साथ विरामी प्रधानमन्त्री सम्वोधनका नाउँमा आफै सरकारको प्रतिरक्षामा प्रस्तुत भए ।

तर प्रधानमन्त्रीको सम्वोधनले जनतालाई अझ निराश बनायो । समयमा नै आवस्यक सतर्कता र तयारी गर्न नसकेकोमा आलोचित बनेको सरकार प्रधानमन्त्रीको भ्रष्टाचारलाई लुकाउने आसय र मनसायको संवोधनबाट आक्रोशित बन्न पुगेका छन । यत्रो ठूलो समर्थन, सहयोग र साथ प्राप्त गरेको सरकारले सम्पादन गरेका कार्यहरुले परिणाम दिन नसक्नु बास्तवमा विडम्वना नै हो । निर्वाचनमा प्राप्त गरेको सफलतामात्र प्रयाप्त होइन,जनताको आशा र विश्वासलाई वरकरार राख्न सक्नु सबैभन्दा ठूलो कुरा हो भन्ने राजनीतिशास्त्रको सामान्य सिद्धान्तलाई आत्मसाथ गर्न नसक्नु सरकारका सञ्चालकहरुको ठूलो अक्षमता सावित भएको छ । आफ्नो सम्वोधनमार्फत विरोधीलाई ओठे जवफमात्र दिन चाहानु प्रधानमन्त्रीको कुण्ठामात्र हो । ठूलो छाति बनाएर सकेको सहयोगमा विश्वव्यापी महामारीको विरुद्ध लड्नु पर्ने समयमा सरकारका मानिसहरु भ्रष्टाचार र अनियमिततामा संलग्न हुनुले आवस्यक सहयोग पनि गर्न नसक्ने अवस्था बनेको छ । त्यसमा प्रधानमन्त्रीले भ्रष्टाचारीलाई गरेको बचाउले त झन सहयोगी मन र भावनालाई निरुत्साहित गरेको छ । सम्पूर्ण क्षेत्र,वर्ग र समुदायलाई संगै लिएर महामारीका विरुद्ध लड्नु पर्ने समयमा प्रधानमन्त्रीको धम्कीपूर्ण सम्वोधनले आम मासिलाई निरास बनाउने काम गरेको छ । भ्रष्ट र नालायक मानिसहरुलाई संरक्षण गरेर प्रधानमन्त्री आफ्नो सार्वजनिक अभिव्यक्ति र वचनप्रति इमान्दार नभएको सन्देश गएको छ । आफू भ्रष्टाचार नगर्ने र भ्रष्टहरुलाई नसहने(जिरो टलरेन्सको) सिद्धान्त अंगिकार गर्ने भन्ने प्रधानमन्त्रीको दृष्टिकोण केवाल सार्वजनिक खपतका लागि मात्र रहेको स्पष्ट भएको छ । नेपाल र नेपाली जनताप्रति सरकार र सरकारसम्वद्ध दल नेकपा इमान्दार, जिम्मेवार,उत्तरदायी र वफादार नभएको एउटा मात्र होइन, धेरै घटनाक्रमबाट प्रमाणित हुदै गएको छ ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पश्चात लामो समय नबसेको नेकपा सचिवालय बैठकले पनि ठोस निर्णय र निर्देशन गर्न सकेन । आपसी किचालोमा फसेको पार्टीले आरोप प्रत्यारोपणमा आफू निकट सञ्चारमाध्यम र व्यक्तिलाई प्रयोग गरेको स्पष्ट देखिन्छ र बुझिन्छ । अनुमान लगाउन पनि सकिनछ कि पूर्वएमाले र पूर्वमाओवादी बीचको अन्र्तसंघर्ष चलिरहेको छ । त्यति अन्र्तसंघर्षमा आफ्नो स्वाथका खातिर अनुकुलता खोज्ने र बनाउने राणनीतिमा अन्य व्यक्तिहरु लागेका छन । ओली र दाहाललाई लडाएर आफ्नो स्वार्थसिद्ध गर्न सकिन्छ भन्ने तत्व न सरकारलाई सहयोग गर्न तयार छ न प्रभावकारीता अभिवृद्धि गर्न नै तयार छ । यसको मारमा नेपाल र नेपाली जनता परेका छन । यस्तो महामारीको समयमा पनि आपसी दाउँपेचमा लाग्ने नेकपाका नेता तथा कर्यकर्ता समेत कमाउ धन्दामा संलग्न भई देश र जनताप्रति गद्दारी गरिरहेका छन ।

प्राप्त भएको दुर्लभ अवसरको सदुपयोग गर्न सरकार र नेकपा असफल नै भएको हो।इमान्दार नहुँने नेपाली राजनीतिक रोग कोरोना भइरसभन्दा पनि तेज गतिमा संक्रमित भएको छ । अन्तर्राष्ट्रिय बजारमा अनियन्त्रित रुपमा बढेको कोरोना भाइरसलाई नेपाली भूगोल,हावापानी, संस्कृति र परम्पराले नियन्त्रणमा राख्न सहयोग गरेजस्तै सरकारका भ्रष्ट र अनियमित गतिविधि र कार्यहरुलाई नियन्त्रण गर्न नेपाली भूमि निरन्तर असफल बनिरहेको छ । भ्रष्ट र अनैतिक चरित्रका व्यक्तिहरुले राजनीतिमा हालिमुहाली गरिरहने, इमान्दार,चरित्रवान र सक्षम मानिसहरु पाखा लागिरहने अवस्थाको अन्त्य नभएसम्म समय समयमा आउने यस प्रकारका त्रासदिपूर्ण महामारीसंग नुध्ने एकिकृत प्रयास सफल हुँदैन । धमिलो प्रवृत्तिमा माछा मार्ने प्रवृत्तिले सधै टाउको उठाइरहन्छ । जसले राज्य व्यवस्था र प्रणाली माथि आम जताको आस्था र विश्वास भत्काउछ । राज्यलाई असफल र कांगाल बनाउदै छ । लोकतान्त्रिक शासन व्यवस्थाप्रति विश्वास नभएका कम्युनिष्टहरु लोकतान्त्रिक प्रणालीमा सरकारमा रहेको अवस्थामा जनतामा चरम निराशा उत्पादन गर्ने शासनशैली केवल संयोग हो या नियोजित षड्यन्त्र हो । चमत्कार देखाउछौ भन्नेहरुले देखाएको भ्रष्ट आचरणले असफलता र आक्रोस माथि चमत्कार यो असजिलो अवस्थामा देखाउदै छन । सरकार र नेकपाले दिएको उपहार यहि नै हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *