ताजा समाचार

कोरोना महामारीः विश्वभर ज्यान गुमाउने संख्या ९५ हजार नाघ्यो

काठमाडौं । विश्वभर नै महामारीकाे रूप लिएकाे कोरोना भाइरस काेभिड १९ काे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ६ सय ९२ पुगेको छ। पछिल्लाे २४ घन्टामा ७ हजार २ सय ३४ जनाले विश्वभरी ज्यान गुमाएका छन् भने ८५ हजार नयाँ संक्रमितहरु भेटिएका छन् ।

वल्डोमिटर मा प्रकाशित शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल १६ लाख ३ हजार ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ३ लाख ५३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्।  ३९ हजार १  सय ९८ जना भने सिकिस्त विरामी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *