ताजा समाचार

विकास विरोधी आफै बढारिन्छन

विश्वसमुदाय कोरोना भाइरसको महामारीले त्राहिमान बनेको छ । अन्य राष्ट्रहरु जस्तै नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिमा छ । सरकारले कोरोना भाइरसको नियन्त्रण, उद्दार र राहतका ठोस कार्यक्रम नल्यउदा आम नेपालीहरु रोग र भोकको पीडामा छट्पटिरहेका छन ।सरकारको मुख नताकी महामारीको बेलानिजि र व्यक्तिगत तवरबाट सहयोग गर्नेहरुको संख्यामा पनि कमी छैन । विकासप्रेमी, लोकप्रिय, प्रभावसाली,जुझारु र निश्कलंक छवीका नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका अधिकाशं स्वास्थ्य संस्थामा पीपीई,माक्स,सेनिटाइजर, ग्लोब्सलगायतका अत्यावस्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । प्रहरी प्रशासन र नेकपाका नेता कार्यकर्ताको अवरोधका बीच नेता बस्नेतले सडक मजदुर,वृद्धवृद्धालाई खाद्यन्न र स्वास्थ्य संस्था, एम्बुलेन्स चालक, प्रहरीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएका छन । उ नै कांग्रेस नेता एवं पूर्वमन्त्री बस्नेतसंग गरिएको कुराकानीको संम्पादीत अंश :

सदैव जिल्लाबासीको सेवामा समर्पित हुनुहुन्छ, यो संकटको घडीमा जिल्लामा के गरिरहनु भएको छ ?
नेपालमा जुनदिनदेखि लकडाउन भयो त्यसको भालिपल्ट देखि म जिल्लामा छु । संकटको बेलामा जनतालाई औषधि उपचारदेखि अन्य विभिन्न खाले समस्या पर्छ भनेर माक्स, स्यानिटाइजर, ग्लोब्स, एप्रोन, गाउन, क्याप, प्यारा सिटामोलहरु लिएर आएको हुँ । त्यसपछि पनि बीच–बीचमा पनि आवश्यकता अनुसार विभिन्न सामान मगाइरहेको छु । यहाँ आएपछि हस्पिटलहरुमा आइसोलेसन बेड, क्वारेनटाइन बनाउने कामदेखि लिएर जनचेतना जगाउने काम समेत भएका छन । त्यसमा नेपाल कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्ने र क्षेत्री समितिका साथीहरुलाई परिचालन गरेर जिल्लाको विभिन्न भागमा खटिरहेको छु ।हाम्रा पार्टी सभापति शेरबहादुर देउवाज्यूले ज्याला, मजदूरी गरेर खानेहरुलाई सरकारले प्याकेज कार्यक्रम दियोस् नत्र उनीहरुको खाने बाटो हुँदैन भनेर सरकारसंग माग गर्नु भयो । त्यसपछि म पनि यहाँ ती वर्गलाई चामल, दाल, नून, तेललगायतका सामाग्रीहरु बाड्ने काम गरेर बसेको छु । विडम्वना भन्नु पर्छ सिन्धुपाल्चोकमा सरकारले एक चिम्टी राहत पनि बाँडेको छैन । र, कुनै पनि स्वास्थ्य संस्थामा अहिलेसम्म स्वास्थ्य सामाग्री बाँडेको छैन ।

सरकार कोरोना नियन्त्रणमा गम्भीर नभएकै हो त ?
सरकार काममा हैन भाषणमा सीमित छ । ‘अहिले नेपाल कोरोना भाइरसको उच्च खोजिममा छ’ भनेर डब्ल्यूएचओले नै घोषणा गरेको कुरा हो । र, हामीले पनि भनेका छौं, सरकारले पनि यो कुरा भनिरहेको छ । त्यो अनुसारको पूर्व तयारीहरु के भयो के भएन भन्ने विषयमा सारा नेपाली जनतालाई थाहा छ । त्यसैले कुरा गरेर मात्रै हुँदैन । जनतलाई अनुभूति हुने गरी काम गर्नुपर्छ । जोखिममा परेका जनताको लागि उपचार गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री उपलब्ध गराउन नसक्दा प्रताडित छन् । हिजो मात्रै मैले सुने एउटा प्रदेशमा ५ जना डाक्टरहरु स्वास्थ्य सामाग्री नभएपछि उपचार गर्न अस्पताल जानै मानेनन् र उनीहरुलाई जागिरबाटै बर्खास्त गरिएको छ । ‘यदि सरकारले आवश्यक सामाग्रीहरुको उचित व्यवस्थापन नगर्ने अनि प्रहरी, सेना र स्वास्थ्यकर्मीलाई त्यसै होम्ने तर त्यसको लागि सुरक्षाकवज पीपीलगायतका सामाग्रीहरु उपलब्ध गराएन भने जसरी हिजो माओवादी द्वन्द्व कालमा सेना र प्रहरीहरु आफ्ना घरपरिवारलाई खतरा भएपछि जागिर छोडेर भागेका थिए । अब स्वास्थ्यकर्मीहरु त्यसैगरी भाग्छन्,’ भनेर मैले आजभन्दा ठ्याक्कै १० दिन अगाडि बोलेको थिएँ । हिजोबाट त्यसको सुरुवात भएको छ । सरकार कमिसनको चक्करमा फसेको छ । स्वास्थ्य सामाग्री खरिदा ठूलो घोटला भएको छ । सरकार आफूले खनेको खडालमा आफै पर्दै छ । यो सरकारलाई सबैको साथ सहयोग छ । कांग्रेसले माहामारी नियन्त्रणमा सरकारलाई सहयोग गरिरहेकै छ । पार्टी सभापति र प्रवक्ताले सरकारलाई महामारी नियन्त्रणमा सघाउने कुरा स्पष्ट रुपमा राखिसक्नु भएको छ ।

अहिलेको समस्या समधान लकडाउन मात्र हो ?
लकडाउन गरेर मात्रै समस्याको समाधान हुँदैन । लकडाउनप्रति नेपाली जनताको पूर्ण समर्थन छ । तर,‘लकडाउन राजनीतिक नेताहरुको फाइदा उठाउने गरी हुनुहुँदैन । भन्नुको अर्थ राजनीति नेताहरुले घरमा बसेर झ्यालढोका थुनेर मुखले यसोगर, उसोगर भनेर मात्रै हुँदैन ।त्यसका लागि खट्ने कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुलाई आवश्यक सामाग्रीहरु लिएर ती ठाउँमा पुग्नुपर्छ । यो जोखिमबाट जनतालाई बँचाउन यो देशका मन्त्री, नेता, राजनीतिक दलहरु सबै सक्रिय भएर हामीले काम गर्नुपर्छ । त्यसको लागि राजनीतिक दलका नेता, जनप्रतिनिधि चाहिन्छ । होइन आपूm चाहीं घरभित्र बसेर प्रहरी, सेना र स्वास्थ्यकर्मीलाई मात्रै होम्नु हुँदैन । त्यही भएर मैले लकडाउन भएको भोलिपल्टै जिल्लामा आएर विदेशबाट सामान मगाएर सीमानाकाका सुरक्षा पोष्टमा खट्ने सुरक्षाकर्मीदेखि सुविधासम्पन्न अस्पताल मात्रै होइन गाउँ–गाउँमा भएका उपस्वास्थ्य चौकमा समेत ती सामानहरु उपलब्ध गराएको छु । जुन सामान केन्द्रका ठूला–ठूला अस्पतालहरुमा उपलब्ध गराउन सरकारले सकेको छैन । जसलाई आवश्यक छ उनीहरुले बुझिरहेका छन् । तर, यो सामान नबुझ्नु भनेर नेकपाका कार्यकर्ताहरुलाई थर्काइरहेका छन् । यहाँ त यतिसम्म भएको छ कि सभामुख अग्नि सापकोटाजीको भतिजो माधव सापकोटाले थर्काएर मुद्दा लगाउछु भनेर धम्क्याएका छन् ।यो काम गरिरहँदा उल्टै यहाँका सिडिओको आदेशमा सुरक्षकर्मी र सरकार पक्षका नेता, कार्यकर्ताले हाम्रो पास खोसिदिने । सहयोग सामाग्री बोकेको गाडीलाई अबरोध गर्ने जस्ता अमानवीय कार्य गरेका छन । एकद्वार प्रणालीबाट बाँड्नु पर्यो यसरी भाड्न पाइँदैन भनेर अहिले हामीलाई मुद्दा लगाउने सुरसारमा सरकार पुगेको छ ।

सरकारले राहत र स्वास्थ्य सामाग्री जनतालाई उपलब्ध नगराएकै हो त ?
सरकारले राहतका सामाग्री सिन्धुपाल्चोकमा ल्याएको छैन । सरकारले ल्याएको सामान र हामीले दिने सामान मिलाऔं अनि यहाँका जनप्रतिनिधि र हामी मिलेर बाँडौं भन्दा उसले केही सामानै ल्याएको छैन । जनता रोग र भोकको पीडाले छट्पटाइरहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *