ताजा समाचार

भारतीय क्वारेन्टाइन अवलोकन गरी फर्किएका सांसद् यादवलाई क्वारेन्टाइनमा राख्न सरकारको निर्देशन

काठमाडौं । सीमावर्ती भारतमा क्वारेन्टाइनमा राखिएका नेपालीलाई भेटेर फर्किएका राजपाका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।

बिहीबार गृह मन्त्रालयले उक्त निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *