काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण ८८ हजार ४ सय ३३ जनाले ज्यान गुमाएका छन्। वल्डोमिटर बिहिबार बिहानसम्मको तथ्यांकअनुसार, १५ लाख १३ हजार ९ सय ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ८२ हजार नयाँ संक्रमित भेटिएका छन्। विश्वभरी संक्रमित मध्ये ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन्।
कोरोनाबाट प्रभाावित ५ देशः
कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा संक्रमितको संख्या ४ लाख ३० हजार बढी पुगिसकेको छ भने मर्नेको संख्या १४ हजार ४ सय ३३ पुगेको छ ।
उता इटालीमा कोरोनाबाट मर्नेको संख्या धेरै छ । चीनमा कोरोना सुरु भएपछि सबैभन्दा पहिले इटालीमा संक्रमण तिव्र रुपमा संक्रमण फैलिएको थियो ।
इटालीमा १७ हजार ६ सय ६९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् जुन विश्वकै सबैभन्दा धेरै हो । अहिलेसम्म १ लाख ३९ हजार बढीमा संक्रमण देखिएको छ । विगतको हप्ता भन्दा मृत्युदरमा भने यो हप्ता कमी आएको छ । पछिल्लो २४ घन्टामा ५ सय ४२ जनाको ज्यान गएको छ ।
त्यसपछि स्पेनमा सबैभन्दा धेरै ज्यान गुमाउनेहरुको संख्या छ । त्यहाँ १४ हजार ७ सय ९२ जनाको ज्यान गइसकेको छ । भने १ लाख ४८ हजार जनामा संक्रमण देखिएको छ ।
स्पेनपछि फ्रान्स बढी प्रभावित बनेको छ । १ लाख २९ हजारमा संक्रमण देखिएको छ भने मृत्यु हुने संख्या १० हजार ८ सय बढी छ ।
उता चीनमा भने पछिल्लो २४ घन्टामा कुनै पनि संक्रमित फेला परेका छैनन् भने कसैको ज्यान गएको तथ्यांक बाहिर आएको छैन । त्यहा अहिलेसम्म ३ हजार ३ सय ३३ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार बडी संक्रमित भएका छन् ।




