एजेन्सी । अमेरिकामा २४ घण्टाभित्र १९ सय २५ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ६६ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३० हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार ९ सय २ पुगेको छ ।
अमेरिकामा संक्रमितको निको हुने दर एकदमै कम भएकोले मर्नेकोे संख्या बढ्ने निश्चित छ । लाखौं संक्रमित भेटिँदा मात्र २२ हजार ३ सय ५६ जना निको भएका छन् ।
संक्रमितमध्ये ९ हजार २ सय ६५ को स्थिती चिन्ताजनक छ ।




