ताजा समाचार

पूर्वमन्त्री बस्नेतद्वारा भोटेकोसीमा स्वास्थ्य सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवंम पूर्व सूचना तथा सञ्चार मन्त्री  मोहन बहादुर बस्नेत भोटेकोसी गाउपलिकाका वडा नम्बर ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पालाई गाउँपालिका भित्रका सबै वडाहरुको लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन । पूर्वमन्त्री बस्नेतले वडा अध्यक्ष  शेर्पालाई माक्स, सेनिटाइजर, ग्लोब्स लगायतका अत्यावस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

अहिले कोरोनाको त्रास सीमा बासिमा निकै देखिएको छ वडा अध्यक्ष शेर्पाले भने,नाकाका स्थानीयहरुले माक्स समेत प्रयोग गर्न पाएका छैनन् । माक्स, सेनिटाइजर, ग्लोब्स लगायत आवश्यक सामान गाउपलिकाका सबै वडामा वितरण गर्ने शेर्पाले बताए।

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकका स्वास्थ्य सस्था तथा एम्बुलेन्स चालक, प्रहरीलाईसमेत बस्नेतले पीपीइ सेट सहित आबश्यक मेडिकल सामग्री सहयोग गर्दै आएका छन।

यसै गरि नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले खाडिचौर बचत तथा ऋण सहकारी सस्थाबाट संचालित एम्बुलेन्स चालकलाई पिपिइ सेट सहयोग वितरण गरेका छन ।  बुधबार बस्नेतले सहकारीकाद्वारा संचालित एम्बुलेन्स संचालक समितिका अध्यक्ष सुरेन्द्र नेपाललाई कोरोना भाइरसबाट बच्न र सक्रमित बिरामी ओसारपसार गर्दा चालक समेत सक्रमित हुने देखिएपछि पीपीइ सहयोग गरिएको सभापति बालकृष्ण बस्नेतले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *