ताजा समाचार

नेपाल भारत सीमा २१ सय नागरिक क्वारेन्टाइनमा, एप्स मार्फत अनुगमन

काठमाडौं । भारतका विभिन्न स्थानबाट नेपालतर्फ आएका दुई हजार १४७ जना नेपाली नेपाल भारत सीमावर्ती क्षेत्रकै क्वारेन्टाइनमा बसेका छन् । लकडाउनका कारण उनीहरु नेपाल प्रवेश गर्न नपाएका हुन् । त्यसैगरी करिब ७०० जना भारतीय नागरिक सीमाक्षेत्रका नेपाली क्‍वारेन्टाइनमा बसिरहेका छन् ।
उनीहरुलाई नेपाल सरकारको आग्रहमा भारत सरकारले सीमा क्षेत्रमै व्यवस्थापन गरेर राखेको हो । नेपाल पनि भारतीय नागरिकलाई नेपाल तर्फनै व्यवस्थापन गरेर राखेको छ । उनीहरुलाई १४ दिनको क्वारेन्टाइन पूरा गरेपछि मात्रै नेपाल प्रवेश दिइनेछ । अहिले नेपाल भारत सीमा क्षेत्रमा कही कतै अलपत्र परेका छैनन ।
गृहमन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमाको अनुगमन पनि भैरहेको छ । आपतकालिन कार्यसञ्चालन केन्द्रबाट सो अनुगमन भैरहेको हो । मुलुकका ७५ वटै जिल्लाका राष्ट्रिय आपत‍्कालीन कार्यसञ्चालन केन्द्रबाट तथ्याङ्क प्रविष्ट गरी दैनिक विवरण अपडेट हुनेछ। त्यहाँ मानिस क्वारेन्टाइनमा कति छन् रु कति जनाको स्वाब नमूना लिइएको छ। संक्रमित कति फेला परे, कतिजना उपचारपछि फर्किए, एम्बुलेन्स कहाँ कति छन् रु भन्ने कुरा जानकारी लिन सकिनेछ।

यसअघि मानवीयरूपमा विवरण सङ्कलन गर्ने गरिएकामा अब भने सीधै प्रविधिको प्रयोग गरी एकै पटक उक्त वेबसाइटबाट हेर्न सकिनेछ। प्रदेश र जिल्ला तहको अवस्था के कस्तो छ रुभनेर समेत त्यहीँबाट जानकारी लिन सकिनेछ। जोखिम कुन ठाउँमा बढी छ भन्ने कुरासमेत हेर्न सकिने छ । वेबसाइट पूर्ण सञ्चालनमा आउँदासम्म वडा तहदेखिकै विवरण राखिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विवरण अपडेट हुनेबित्तिकै स्वचालितरूपमा उक्त वेबमा पनि विवरण अपडेट हुने गरी प्रविधिको प्रयोग गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *