ताजा समाचार

हट्यो चीनको वुहानको लकडाउन, अब अन्य शहरमा जान पाउने

एजेन्सी । कोरोनाभाइरसको उद्मग स्थल मानिएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन करिब साढे तीन महिनापछि हटाइएको छ।

विश्वव्यापी महामारी सुरु भएको चीनको वुहानमा जनावरी २३ तारिखदेखि मानिसहरु घर बाहिर निस्केको थिएनन् । अब उनीहरु पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।

स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएकाहरूले यो सुविधा पाउजे वीवीसीले जनाएको छ । लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन्।

मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो।

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार(व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो।

गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो।

सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।
चीनका अन्य क्षेत्रमा भने लकडाउन जारी नै छ।

बेइजिङमा सोमवार कोरोनाभाइरसको सङ्क्रमण थप ३१ जनामा देखिएपछि उक्त सहरका अधिकारीहरूले थप कडा कदमहरूको घोषणा गरेका छन्।

सहर पस्ने जोकोहीले क्वारन्टिनमा बस्नुपर्छ र स्वास्थ्य उपचार गराउनुपर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *