ताजा समाचार

बैशाख १८ गते सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई पनि लम्ब्याएर बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए। आन्तरीक उडान बैशाख ३ गते सम्म बन्द गरिएको छ।

बैठकले कोरोना भाइरसको संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए। कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतीबाट सिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए। बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ। समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताए।

स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानून बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव विडारीले बताए। स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्ने कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार(जिटुजी) मार्फत प्रतक्ष खरिद गर्ने प्रकृया अगाडी बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *