काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५४ पुगेको छ।
वल्डोमिटरमा प्रकाशित मंगलबार बिहानको तथ्यांकअनुसार विश्वभर १३ लाख ३४ हजार ६ सय ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, २ लाख ७८ हजार ४ सय ४५ जना भने उपचारपछि निको भएका छन्। २४ घन्टाभित्र विश्वभर ५ हजार २ सय २९ जनाकाे काेराेनाकै कारण ज्यान गएकाे छ। त्यस्तै ७३ हजार १ सय ४२ जना नयाँ संक्रमितहरू भेटिएका छन् ।




