काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको परिक्षण व्यापक रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन । सूदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढेपछि सभापति देउवाले परिक्षणको तत्काल गति बढाउने सूदुरपश्चिम प्रदेश सरकारको ध्यानकर्षण गराएका हुन ।
लकडाउन जारी रहेको समयमा सभापति देउवाले आफ्नो आधिकारीक फेसबुक पेज र ट्वीटरमार्फत सोमबार प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसंग टेलिफोन सम्वाद गर्दै गम्भीर बन्न आग्रह गरेको जनाएका हुन ।
सभापति देउवाले फोनमार्फत महामारी नियन्त्रणमा गम्भीर बन्न सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आग्रह गरेका हुन । यसै गरी देउवाले कैलाली,कञ्चनपुरलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई समेत फोन गरेर महामारी नियन्त्रणमा गम्भीर बन्न आग्रह गरेका थिए ।सुदुरपश्चिम कोरोनाको इपिसेन्टर बन्दैगएपछि सर्वत्र चिन्ताको विषय बनेको छ । सरकारको फितलो प्रस्तुतिले यस क्षेत्रका जनता समेत निरास छन ।
सभापति देउवाले ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भनेका छन व्यापक परिक्षण गर्न तत्काल गति बढाउनु पर्ने स्थिति छ भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन ।
सभापति देउवाले आइतवार ६ जना पूर्वप्रधानन्त्रीलाई नेपाल र नेपालीको रक्षा गर्न एकतावद्ध भएर अघि बढ्न अपील गरेका थिए ।





