ताजा समाचार

मानवीय कार्यमा समर्पित पूर्वमन्त्री बस्नेत माथि प्रहरी प्रशासनकाे दानवीय व्यवहार

महामारीमा स्वास्थ्य सामाग्री वितरण गर्दा पनि पूर्वमन्त्री बस्नेत  माथि प्रहरी प्रशासनकाे अवराेध
सिन्धुपाल्चोक।सरकारको अबरोधका बाबजुद नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवंम पूर्व सूचना तथा संचार मन्त्री  मोहन बहादुर बस्नेतले मेडिकल सामाग्री सिन्धुपाल्चोकका स्वास्थ्य सस्थामा सहयोग गर्दै आएका छन ।
चीनबाट फैलिएको कोभिड १९ कोरोना भाइरसले बिश्वजगत आक्रान्त बनाएपछि सिन्धुपाल्चोकका अधिकाश स्वास्थ्य सस्था तथा अस्पतालमा कोरोना भाइरसको रोकथामको लागि प्रयोग गरिने माक्स, सेनिटाइजर, ग्लोब्स, स्वास्थ्यकर्मीहरूकाे लागि एप्रोन,गाउँन र कोरोना सक्रमित बिरामीको उपचारमा खटिन प्रयोग गरिने (पीपीइ ) ब्यक्तिगत सुरक्षा सामाग्री बितरण गर्दै आएका पूर्वमन्त्री बस्नेतलाई सरकारी निकायले रोक्न खोजेकाे हाे ।
संकल्प खवरसंग कुरा गर्दै पूर्वमन्त्री बस्नेतले भने  जिल्लाभर प्रहरी सर्कुलर गरेर मलाई स्वास्थ्य सस्थामा जानको लागि रोक्न खोजियो । आज मात्रै इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सहितको टोलिले  रोक्न खोजेपनि त्यो संभब भएन । आज प्रहरी गस्ति मेरो पिछा गर्दै आएपनि माङ्खा स्वास्थ्य चौकी, चोकटी स्वास्थ्य चौकीमा पुगेर मेडिकल सामाग्री  हस्तान्तरण गर्न सफल भयाैं ।  
कोरोना भाइरसको त्रास र नेपालमा भएको लकडाउनपछी त्रासादीपूर्ण अबस्थामा सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीलाइ सुरक्षित राख्नको लागि नेता बस्नेतले सो मेडिकल सामाग्री सहयोग गर्दै आएको बताए ।सरकारले स्वास्थ्य सामाग्री तथा राहत बितरणमा एकद्वार नीति अपनाए पनि सिन्धुपाल्चोकमा अहिलेसम्म कुनै पनि स्वास्थ्य सामाग्री आउन सकेको छैन पूर्वमन्त्री बस्नेतले भने यहि बीचमा जिल्लाका अधिकाश स्वास्थ्य सस्थामा आबश्यक मेडिकल सामाग्री सहयोग गर्दै आएपछि सत्तारूढ दलका नेताहरु मलाइ रोक्न प्रशासनलाइ दबाब दिन थाले ।  प्रहरीले पिछा गरेपनि जनताको काम गर्दा कुनै अप्ठ्यारो नपर्ने भन्दै प्रहरीको पिछा र अबरोध छिचोल्दै अहिलेको संकटकाे अवस्थामा सहयोग गर्न निस्किएको नेता बस्नेतले सुनाए। उनले भने अहिले सरकारले कुनैपनि मेडिकल सामान उपलब्ध गराउन सकेको छैन, तर मैले बिभेद नगरी प्रहरी प्रशासनदेखि स्वास्थ्यकर्मी,संचारकर्मीलाइ समेत सहयोग गर्दै आएपछि सत्तारूढ दलका नेताहरुले सरकारको आडमा प्रहरी प्रशासनलाई दबाब दिएर रोक्न खोजेपनि आफूले कुनै प्रभाह नगरी सिन्धुपाल्चोकमा उक्त मेडिकल सामान सहयोग गर्दै आएको नेता बस्नेतको भनाइ छ ।
 नेपालमा लकडाउन र स्वास्थ्य सामाग्री अभावपछि यसरी पाएको सहयोगले स्वास्थ्यकर्मीमा खुसी देखिएको छ। अहिले कोरिनाको बिश्वभर आक्रान्त पारिरहेको छ । सरकारले नेपालमा पनि लकडाउन गरेपछि स्वास्थ्य सामाग्री अभावमा गुज्रिएको छ। नेपालमा दिन दिनै सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ,स्वस्थ्यकर्मीहरु आत्तिएका छन तर सरकारले भने, आबश्यक सामाग्री उपलब्ध गराउन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *