ताजा समाचार

कांग्रेसले गर्‍याे कोरोनाको ‘स्व-परिक्षण वेब एप’ सार्वजनिक

काठमाडौं।नेपाली कांग्रेसले कोरोनाको ‘स्व–परिक्षण वेब एप’ सार्वजनिक गरेको छ। विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको हो ।पार्टीको वेबसाईट मार्फत www.nepalicongress.org/covid19/  वेब एप जारी गरेको कांग्रेस प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले प्रेस नोटमार्फत जानकारी दिए ।

वेब एपमार्फत घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण गर्न सकिने छ । कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्रेरित गर्ने र नदेखिए मानसिक तनावबाट मुक्ति दिलाउने वेब एपको विशेषता भएको शर्माले प्रस नोटमार्फत प्रकाश पारेका छन ।

नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने वेब एपको उद्देश्य छ । स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने । संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको प्रवक्ता शर्माले स्पष्ट पारेका छन । एपको निर्माण ई. शशांकश्री न्यौपाने र ई. दिपेश बिष्टले गरेका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *