ताजा समाचार

बैशाख ३ सम्म थपियाे लकडाउन

काठमाडौं। सरकारले वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउन वैशाख ३ गतेसम्म लम्व्याउने निर्णय गरेको हो ।

 कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्ने घोषणा गरेको थियो । पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन थपेकाे थियो। मंगलबार त्यो अवधि सकिने भएपछि  सरकारले वैशाख ३ गते सम्म पुन: लकडाउन  थप गर्ने निर्णय गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *