ताजा समाचार

डा.शेखरले सतही टिप्पणी गरेपछि…

काठमाडौँ । शनिबार सामाजिक सञ्जालमा नेपाली कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले अहिलेको संकटपूर्ण बेलामा मध्यावधि निर्वाचनमा जानुपर्छ भनेको भनी विरोधमा विभिन्न प्रतिक्रिया आए । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया यति सतही थिए कि महामन्त्री डा.महतले अहिले र यस्तो संकटको अवस्थामा देशमा मध्यावधि निर्वाचनमा जानुपर्छ भनेर भनेका छैनन् । शनिबार एक टेलिभिजन अन्तर्वार्तामा बोलेको विषयलाई तोडमोड गरेर यो विषय बाहिर ल्याएको भन्दै महतले आइतबार विज्ञप्तिमार्फत् आफ्नो धारणा स्पष्ट मात्र गरेका छैनन् त्यसप्रति आपत्ति पनि जनाएका छन् ।
अन्तर्वार्ताकारले सरकारले काम गर्न सकेन यस्तो अवस्थामा अब के गर्ने ? मध्यावधिमा जाने ? भनेर पटक पटक मध्यावधिको पक्षमा डा.महतको धारणा आओस भनी जोड दिएका छन् । तर डा.महलते अहिले देश यस्तो संकटपूर्ण अवस्थामा छ, हामी महामारीको त्रासमा छौँ त्यसैले अहिले नै यस विषयमा म केही भन्दिन र पार्टीले पनि यस विषयमा केही भन्ने बेला भएको छैन भनेर टारेका छन् । त्यसपछि पनि अन्तर्वार्ता लिनेले यसै विषयमा जोड दिएपछि डा.महतले यो सरकारले काम गर्न नसकेकै हो, महामारीको बेलामा पनि यो सरकार भ्रष्टाचारमा लिप्त भएको छ, यसैले यो सरकारको औचित्य सकिएकोले महामारी सकिएपछि यो मध्यावधिको विषयमा पनि एक विकल्पमा राजनीतिक चर्चा शुरु हुन सक्छ भनेका छन् । तर पनि सोही टिप्पणीलाई मुख्य समाचार बनाएर ती अन्तर्वार्ताकारको अनलाइनले भने प्रकाशशरण महतले मध्यावधि मागे भनेर समाचार प्रचारमा ल्यायो, जुन कुरा डा. महतले आइतबा विज्ञप्ति निकालेर खण्डन नै गरिसकेका छन् ।
उनले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा मैले बोलेको प्रसंगलाई तोडमोड गरी एउटा अनलाइनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पुरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानआकर्षण भएको छ,’ महतले विज्ञप्तिमा भनेका छन्।
तर यहाँ उठान गर्न खोजिएको प्रसंग आइतबार बिहान स्वयं डा.महतले यो मैले बोल्दै नबोलेको कुरा सामाजिक सञ्जालमा आयो जसप्रति आफ्नो ध्यानाकर्षण भएको र दुःख पनि लागेको भनी सहमहामन्त्रीजस्तो व्यक्तिले पार्टीको लेटरहेडमै विज्ञप्ति निकालीसकेपछि पनि पार्टीका अर्का नेता डा.शेखर कोइरालाजस्तो व्यक्तिले यो वास्तविकता नबुझिकनै यस्तो बेलामा पार्टीले मध्यावधि माग्ने होइन भनेर फेसबुकमा लेखेको प्रसंगले भने अरु काँग्रेसीजनलाई तरंगति बनाएको छ ।
डा.कोइरालाले यसरी बुझ्दै नबुझी सतही रुपमा किन फेसबुकमा लेखेका हुन् भन्ने चर्चा काँग्रेस पार्टी बृत्तमा चलेको छ । उनले यस्तो बेला पार्टीले मध्यावधि माग्नु ठीक होइन भनेर मानौँ कि पार्टीले नै मध्यावधि मागेजस्तो तथा डा.महतले आफैले स्पष्ट रुपमा यो अभिव्यक्ति दिएजस्तो गरी लेखेका छन् । यअसघि पनि केही दिनअघि रामचन्द्र पौडेलले ‘यस्तो महामारीका बेलामा संसारका अरु देशमा राष्टिय सरकार बनाएर एैक्यबद्ध रुपमा महामारीका विरुद्धमा लडेका छन्, हामीले पनि आवश्यक पर्दा त्यो गर्न सक्छौ’ भनी सम्भावनाको कुरा सुझाएका मात्र थिए । उनको त्यो अभिव्यक्तिमा पनि बजारमा रामचन्द्रले राष्टिय सरकार मागे भनेर आयो । जबकि उनले मुलुकले आवश्यक ठान्यो भने यस्तो बेलामा हामी सबै तयार हुनुपर्छ भनेर भनेका थिए । त्यसमा पनि हतार हतार शेखर कोइरालाले यस्तो बेलामा हामीले सरकारको माग गर्ने होइन भनी प्रतिक्रिया दिएका थिए ।
डा.कोइराला सामाजिक सञ्जालमा अगाडि नै छन् । उनले आफ्नो कुराहरु तत्कालै राख्ने पनि गरेका छन् । तर पनि पार्टीका जिम्मेबार व्यक्तिका बारेमा बजारमा आएका चर्चाकै आधारमा, सम्बद्ध व्यक्तिसँग बुझ्दै नबुझेर यस्ता प्रतिक्रिया दिँदा पार्टीलाई नै घाटा हुने भन्दै निष्ठावान काँग्रेसका कार्यकर्ताहरुले चिन्ता गरेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *