ताजा समाचार

उपचार,उद्दार र राहतका ठोस कार्यक्रम ल्याउन सरकारलाई नेता साउदको आग्रह

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि उपचार,उद्दार र राहतका ठोस कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन । लकडाउन जारी रहेको बेला नेता साउदले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत गम्भीर र जटिल अबस्थाम तत्काल महामारी नियन्त्रणका लागि उपचार,उद्दार र राहतका ठोस कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका हुन ।

सुदूर पश्चिम र कर्णाली प्रदेश कोरोना भाईरस संक्रमणका उर्बर थलो बन्दै गएकोप्रति नेता साउदले चिन्ता प्रकट गरेका छन । शुरूमा तेस्रो देशबाट आएको संक्रमण भारतबाट आगन्तुक थपिएपछि गुणक प्रभावका साथ बिस्तारको जोखिमपूर्ण बाटोमा सुदूर पश्चिम र कर्णाली प्रदेश भएको नेता साउदको विश्लेषण छ । उनले भनेका छन दशौ हजारको संख्यामा बिना किट्स परिक्षण र क्वारेन्टाईन देश भित्रिएका मानिसहरू सुदूरपश्चिम र कर्णालीको दुर्गम गाउका कुना काप्चामा पनि पुगिसकेका छन ।झाड़ा पखालाको औषधि नपाएर सयौ मरेको बिगतको अनुभवले अस्पताल र स्वास्थ्य संस्थाहरूको कमजोर पूर्बाधार देखाउछ ।दरबन्दीमा डाक्टर र स्वास्थ्यकर्मी छैनन ।कतिपय ठाउमा पियनले औषधि बाढ्ने अबस्था छ । यस्तो फितलो सरकारी तयारीले महामारीसंग जुध्न प्रयाप्त नभएको भन्दै नेता साउदले सरकारलाई प्रभाकारी ढंगबाट अघि बढ्न सुझाव दिएका छन ।

नेता साउदले भनेका छन चारैतिर लकडाउन छ ।मास्क छैन।पहाड़मा घरको खाद्यान्न सकिएर भोकमरी छ । प्रशासनले तराईबाट ल्याएको सीमीत खाद्यान्न गाउबस्तीमा पुगेको छैन । अकालग्रस्त गाउलेले सुन्ने गरि मन्त्रीहरू नेपालीहरू भोकले मर्दैनन भन्दैछन।सरकारको जनताको पीड़ासंग वास्ता छैन । आम जनतासंग सम्बाद छैन। उनले जनताको संयमको बांध नटुट्ने परिस्थिति आउने सक्ने भन्दै सरकारलाई सुझाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *