काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४ सय ३४ पुगेको छ।
वल्डोमिटरका अनुसार प्रकाशित सोमबार बिहानको तथ्यांक अनुसार कुल १२ लाख ७२ हजार ८ सय ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, २ लाख ६२ हजार २ सय १७ जना उपचारपछि निको भएका छन्। सबैभन्दा बढी प्रभावित अमेरिकामामात्र ३ लाख ३६ हजार संक्रमित भएका छन् भने सबैभन्दा धेरै इटालीमा १५ हजार ८ सय ८७ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ ।




