ताजा समाचार

कोरोना संक्रमित ब्रिटेनका प्रधानमन्त्री अस्पताल भर्ना

एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण कम नभएपछि अस्पताल भर्ना भएका छन् । उनमा १० दिनअघि काेराेना भाइरसकाे संक्रमण पाेजेटिभ देखिएकाे थियाे ।

आइतवार साँझ उनलाई ‘लक्षणहरू उस्तै’ देखिएको र  ज्वराे पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएकाे अस्पताल डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

उनका डाक्टरको सुझावपछि यो कदम ‘सावधानीको रुपमा’ चालिएको बताइएको छ।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।

उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ। ब्रिटेनमा अहिले सम्म ४७ हजार बढी संक्रमित भइसकेकाे छन् भने४ हजार ९ सय  ३४ जनाकाे ज्यान काेराेना भाइरसकै कारण गएकाे छ । अाइतबार मात्र ६ सय २१ जना काेराेना भाइरस संक्रमणाबाट मरेका थिए । बेलायतका राजकुमार चाल्स पनि काेराेना संक्रमण पछि अाइशाेलेशनमा बसेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *