काठमाडौं । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले गरेका विभिन्न निर्णयहरु विवादमा आएपछि सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले तत्काल पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
पार्टीका दुवै अध्यक्षलाई बैठक बोलाउन सचिवालय सदस्यहरुले नै माग गरेका हुन् । वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सार्वजनिक रुपमै पार्टी बैठक बोलाउन अध्यक्षद्धयलाई आग्रह गरेको छन् । दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि सचिवालय बैठक बोलाउन यो बीचमा छलफल गरेका छन् ।
अध्यक्ष प्रचण्डले शुक्रबार देखि नै प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउने विषयमा छलफल गरिरहेका छन् । तर ओलीले बैठक बोलाउने विषयमा सहमति जनाएपनि कहिले, कँहा र कुन समयमा बैठक बोलाउने भन्नेमा कुनै संकेत गरेका छैनन् । ओलीकै मौनताका कारण सचिवालय बैठक टुंगो लागेको छैन । सरकारले पार्टी सँगको परामर्श बिनै गर्ने गरेका निर्णयले पनि नेकपा र सिंगो सरकारलाई नै बदनाम गराउदै आएको छ । पार्टी नियन्त्रित सरकार हुनुपर्नेमा सरकार एकलौटी ढंगले अगाडी बढ्न खोज्दा आलोचित बनिरहेको छ ।
पछिल्लो चरण कोरोना राकेथामका लागि आवश्यक औषधी तथा स्वास्थ्य उपकरण खरिदका विषयमा स्यवं जिम्मेवार मन्त्री तथा पार्टी नेताहरु कमिसनको चक्करमा विवादमा परेको देखि नागरिक सरकारले गर्ने सक्ने खरिद प्रक्रिया सम्मका विषय सेनालाई जिम्मा लगाउने सम्मका सरकारले गरेका निर्णय अहिले विवादमा छन् । यी लगायत समसामायिक विषयमा छलफलका लागि नेताहरुले पार्टी नेतृत्वलाई बैठक बोलाउन माग गरेको गर्यै छन् । तर ओलीको आलटालले बैठक बस्न सकेको छैन् ।
औषधी खरिद काण्डले सरकार बदनाम हुदै गएको छ भने नेकपालाई समेत नराम्ररी कालो दाग लाग्न पुगेको छ । यस विषयमा पार्टीमा छलफल गरी आवश्यक पर्दा छानविन समेत गर्नुपर्ने माग नेताहरुको छ ।




