काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसबाट सृर्जित संकट निवारणका विषयमा ६ जना पूर्वप्रधानमन्त्रीहरु संग टेलिफोन सम्वाद गरेका छन ।
लकडाउन जरी रहेको समयमा सभापति देउवाले कोरोना भाइरसको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न टेलिफोनमर्फत पूर्वप्रधानमन्त्रीहरुलाई अपील गरेका हुन ।
सभापति देउवाले आइतबार आफ्नो आधिकारीक फेसवुक पेज र ट्वीटरमार्फत पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द,पुष्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग टेलिफोन संवाद गरेर संकटबाट नेपाल र नेपालीलाई बचाउन अपील गरेका हुन ।
कोरोना भाइरसको महामारी नियन्त्रणका सम्वन्धमा केन्द्रीत रहेर पटक पटक प्रेस बक्तव्य समेत सभापति देउवाले जारी गर्दै आएका छन । उनले सरकारलाई आवस्यक सहयोग र रचनात्क सल्लाह सुझवा दिदै सर्वसाधारणलाई कोरोनाबाट बच्न अपील गर्दै आएका छन ।

सभापति देउवाले आफ्नो आधिकारीक फेसवुक पेज र ट्वीटरमार्फत भनेका छन‘पूर्वप्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुष्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें । आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु ’।





