ताजा समाचार

सुदुरमा कोराना : संक्रमितको ४ वर्षिया छोरी र श्रीमतीसहित ७ जनाको रिपोर्ट नेगेटिभ

धनगढी । धनगढीका कोरोना संक्रमित एक युवकको परिवारका ७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । यसअघि उनकी भाउजुलाई भने कोरोना संक्रमण देखिएको थियो ।
संक्रमित युवकका परिवारमा उनका ४ वर्षया छोरी र श्रीमतीसहित दाजु, आमाबुबा र दाजुका दुई सन्तानको रिपोर्ट नेगेटिभ आएको । सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख तथा प्रवक्ता डाक्टर जगदीश जोशीले जानकारी दिएका छन् । अन्य दुई जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु युवकका आफन्त हुन् ।

दुबईबाट ती युवक भारत हुँदै नेपाल आएका थिए। भित्तरा एयरलाइन्सबाट चैत ७ गते आएका उनी ८ गते नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। उनमा संक्रमण देखिएपछि उनका परिवारका सदस्यहरुको पनि स्वाब परीक्षण गरिएको थियो। उनकी भाउजूमा कोरोना पोजेटिभ देखिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *