मिलोभान जिलासले आफ्नो चर्चित पुस्तक ‘द न्यु क्लास’ ‘नयाँ वर्गमा’ व्यापक व्याख्या गरजस्तै नेपालका कम्युनिष्टहरुको वर्ग रुपान्तरण भएको छ । कम्युनिष्टबाट कमाउनिष्टमा रुपान्तरण भएका छन । जसरी भए पनि जस्तो अवस्थामा भएपनि प्राथमिकता केवल पैसा कमाउने विषयले प्राप्त गरेको छ । पैसा कमाउने विषयमा अरुको विश्वास नहुनु स्वभाविक होल । आफ्नै मान्छे,त्यसमा पनि परिवारका सदस्यहरुको संलग्नतामा दुई तिहाइ शक्तिशाली कम्युनिष्ट सरकार क्रियाशील छ । आफ्ना छोराहरुलाई नै कम्पनी बनाई उनीहरु मार्फत नै स्वास्थ्य सामाग्री करोडौ मूल्य बढाई खरिद गर्न लगाउने, विमान सरकारी,पैसा सरकारी संलग्नता उपप्रधानमन्त्रीका छोरा, प्रधानमन्त्रीका सल्लाहकार पुत्र, समाचार ह्याकिङ गर्ने सूचना प्रविधि सल्लाहकार आदि इत्यादिको संलग्नता ।
त्यसमा पनि स्वास्थ्य मन्त्रीको थप सहयोग, परराष्ट मन्त्रीको कूटनीतिक व्रिफिङ आदि विषयले नेपालका कम्युनिष्टहरुको कमाउधन्दा र नयाँ वर्गमा भएको रुपान्तरण सम्पूर्ण मानिसको जानकारीमा आएको छ । त्यतिकै स्टालिनकी ३२ वर्षिय श्रीमतिले आत्महत्या गरेकी होइनन । वोली र व्यवहारमा देखिएको अन्र्तविरोध असैह्य पीडित भएर आत्महत्या गरेकी थिइन । नेपालका कम्युनिष्टमध्ये कसैले आत्महत्या त गरेको समाचार सुनिएको छैन । तर, मोहभंग भएको झल्को दिने किसिमका प्रतिक्रिया सार्वजनिक हुन थालेका छन । सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया तथा त्यसको प्रतिवादका लागि खर्चिएका शब्दहरु हेर्दा र देख्दा नेपाली कम्युनिष्ट आन्दोलन सत्ताको अवसरवादी चरित्र भित्रको कमाउ धन्दा र सुविधाभोगी जीवनशैलीमा विसर्जन हुँने देखिन्छ ।
प्रधानमन्त्री ओली गम्भीर विरामी भएको मौका छोपी उनका सहयोगीहरु शसन व्यवस्थालाई नै असफल बनाउन थालेका छन ।यो अन्तिम मौका हो भन्ने बुझाई देखिन्छ, नेकपाका सदस्यहरुमा । सत्तालाई पैसा बनाउने साधनका रुपमा प्रयोग गरि आफू बलियो हुने बुझाइ छ । त्यसैले होला सत्ताधारीहरु कमाउने दिशमा कम्मर कसेर लागेका छन । आफूत भ्रष्ट भए आफ्ना सन्तानलाई पनि भ्रष्ट बनाउने योजनामा समेत सामेल भएका छन । जनता रोगको माहामारीले त्रस्त भएको बेला राज्यको तर्फबाट गर्नु पर्ने कार्यहरुमा समेत व्यापक अनियमितता र भ्रष्टाचार हुने भनेपछि अव सामान्य अवस्थामा कस्तो भएको होला ? मानिसको विश्वास नै छैन सरकारप्रति । सरकारले निर्वाह गर्नुपर्ने भूमिका नै निर्वाह गरेन । आफ्ना नगरिकप्रति इमान्दार,जिम्मेवार र जवाफदेही तथा उत्तरदायी नै भएन। नेपाल आउन चाहेका आफ्ना नागरिकप्रति सरकार असहिष्णु देखियो । राज्यको दायित्वप्रति नै अनुदार प्रदर्शित गरियो । नेपालको संविधान,कानून, परम्परा र मान्यता विपरितको व्यवहार नागरिकहरुमाथि गरियो । नेपाल प्रवेशका लागि हारगुहार, अनुनयविनय गरि बोडरमा बसेका नेपालीप्रति भएको अमानवीय व्यवहार कम्युनिष्ट सिद्धान्त भित्र लुकेको अधिनायकवादी, निरंकुश र स्वेच्छाचारी मात्र होइन, सामन्ति राज्य संस्कार, व्यवहार र चरित्र र प्रस्तुति देखिएको छ ।छताछुल्ल भएको छ । त्यसैले होला कम्युनिष्ट पार्टीका सदस्यहरुको क्रमश मोहभंग हुँदै गएको छ ।
सबैभन्दा ठूलो कुरा सरकारले विश्वास गुमाउदै गएको छ । राज्यको विश्वसनीयता समाप्त हुने अवस्था सुखद् होइन । किन यस्तो अवस्था आयो भने चिन्त कहीँ र कतै देखिदैन । आवस्यक निर्णय गर्न समेत दुई तिहाई नजिकको सरकार असक्षम सावित भएको छ । समयमा लिनुपर्ने सहि निर्णय लिन नसक्नु राज्यको ठूलो कमजोरी हो । त्यही कमजोरीका कारण नेपालमा विकराल स्वास्थ्य संकट आउने देखिन्छ । कम्तिमा अन्तर्राष्ट्रिय उडानलाई मात्र समयमा नै रोकिएको भए कोरोना भाइरसको संकटबाट नेपाल जोगिने रहेछ भन्ने प्रमाणित हुँदैछ । सरकारको लापरवाहीका कारण नागरिकको जनजीवनमा ठूलो समस्या खडा भएको छ । यसको जिम्मेवारी बहन गर्दै सरकारले आफ्नो गल्ति स्वीकार गर्न सकेको छैन ।
असफल भएको यथार्थताप्रति उदासीन भएर साशन व्यवस्थामा संलग्न भइरहेन छुट नेकपाको सरकारलाई छैन । दुई तिहाइको संख्या र समयावधिमात्र वैधानिकताको आधार होइन । जनताको विश्वास, भरोसा र समर्थन नरहेको अवस्थामा सरकारको वैधानिकता समाप्त हुन्छ । सरकार वैधानिकता समाप्त भएको अवस्थामा छ । जनताको विश्वास छुटेको अवस्थामा सरकारमा रहनु र वस्नु जवरजस्ति हो । संविधान र स्वीकृत व्यवस्थाको मूल्य,मान्यता अदर्श विपरितको कार्य हो । आशा र विश्वासमा बनेको सरकार यो हालतमा अवतरित हुनु शासनव्यवस्थाको दृष्टिकोणले नकारात्मक अवस्था हो । जिलासले भने जस्तै नयाँ वर्गमा रुपान्तिरित हुन खोज्दा यस्तो दुर्घटना बेहोर्नु पर्छ कम्युनिष्ट आन्दोलनले ।
जब सरकार स्वास्थ्य सामाग्रीहरुको खरिद र व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निर्णय र निश्कर्षमा पुग्यो तब उसले आफ्नो अयोग्यता,असक्षमता र वैधानिक आधार गुमायो । विश्वास नागरिक प्रशासनप्रति नभएको र आफ्नो सरकारले त्यो विश्वस दिलाउन नसक्ने सन्दर्भ उपरोक्त निर्णयबा भएको छ । उल्लेखित निर्णयले लोकतान्त्रिक शासन व्यवस्था माथि समेत अविश्वास र प्रहार गरेको छ । राजनीतिलाई अपराधिकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्ने अभिप्राय राखि गरिएका यस अघि निर्णय तथा राजनीतिक सेवामुखी नभई व्यवसायमुखी बनाउने कम्युनिष्टहरुका कारण नागरिकमा सरकारको विश्वसनीयता धरापमा परेको हो । त्यतिकै कम्युनिष्टहरु संसारबाट असफल भएका होइनन,फरक विचार राख्नेहरु आत्महत्या गर्न र जेल जीवन विताउन बाध्य भएका रहेनछन । विश्व कम्युनिष्ट आन्दोलनको निर्णय र समिक्षाले यही सन्देश दिन्छ । नेपालका कम्युनिष्टहरु सुरुदेखि नै विकाउ थिए र अझै त्यही निरन्तरता छ । सुनौलो अवसरको सदुपयोग गर्न नसकेको कारण शासन व्यवस्था माथि नै प्रश्न उठ्ने गरी सैनिक जिम्मेवारीमा राज्य व्यवस्था रुपान्तरण गर्न खोजिदैछ ।




