समाचार टिप्पणी
काठमाडाैंं।विश्व कोरोना भाइरसबाट त्राहिमान छ । कोरोना नियन्त्रमा सम्पूर्ण विश्व एक भएर अघि बढेको छ । नेपाल सरकारले पनि कोरोना नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ । तर, कोरोना नियन्त्रणमा सरकारी नियत भने शुद्ध देखिदैन ।बन्द समाजको फइदा उठाउदै सरकारका जिम्मेवार व्यक्तिहरु नै भ्रष्टाचारजन्य कार्यमा संलग्न भएका छन । स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएका काला कर्तुत सार्वजनिक गर्ने मिडिया समेत कब्जा गर्न पछि परेको छैन सरकार । सरकारका जिम्मेवार व्यक्तिहरुको कालोधन्दालाई उजागर गर्ने काठमाडौं प्रेस डटकमको पासवर्ड ह्याक गरी अनाधिकृत रुपमा समाचार हटाउनेसम्मका कार्य सरकारी पक्षबाट भए । सरकारका जिम्मेवार व्यक्तिहरु महामारीलाई अवसरको रुपमा रुपान्तरण गर्ने दाउमा लागेका छन । यि प्रतिनिधि घटनामात्र हुन । कोरोना भाइरसको उच्च जोखिमा परेका आम नेपाली नराम्रोसंग पीरोलिएका छन ।
सत्तारोहणसंगै आफ्नो विश्वशनीयता संकटमा पर्दै आएको केपी ओली नेतृत्वको नेकपाको सरकार क्रमश कमजोर र अविश्वसनीय बन्दै गएको छ । प्रधानमन्त्री ओलीका गफ र उखान टुक्काबाट आजित नेपाली जनता पछिल्ला घटनाक्रमबाट अझ बढी आक्रान्त बनेका छन । असंभव हावदारी गफहरु,पूर्व नेएमाले र पूर्वमाओवादी बीचका अन्र्तसंघर्ष, आरोप प्रत्यारोप,भ्रष्टाचार र व्यभिचारका घटनाले कम्युनिष्टहरुको कथनी र करणनीमा ठूलो अन्तरविराेध देखिन्थ्यो । निर्वाचनपूर्व र निर्वाचनको समयमा जनतालाई जेजस्ता आश्वासन प्रदान गरिएको थियो,त्यसले आम रुपमा आशा जगाएको थियो तर,त्यसपश्चत देखिएको भ्रष्टता र निकृष्टताले आम जनतामा सरकारप्रति रुष्ट र असन्तुष्ट चुलिएका छन । काण्डै काण्डबाट गुज्रिएको कम्युनिष्ट नामको सरकारले विश्वास गुमाउदै जादा वैधानिकता नै समाप्त हुने दिशा तर्फको यात्रा गरिरहेको हो कि भन्ने भान हुन्छ । सिन्डिकेट काण्ड, वाइडबडी काण्ड, सुन काण्ड, सभामुख काण्ड,सञ्चारमन्त्री काण्ड, भ्रष्टाचार काण्ड,बालुवाटार प्रकरण, औसधी खरिद काण्डजस्ता काण्डहरुले सरकारको विश्वसनीयताको ग्राफ सतहमा ल्याइदिएको छ ।
यसमा प्रधानमन्त्रीको स्वास्थ्य काण्ड छुटेको छ । त्यसले पनि सरकारको प्रभावकारीता माथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ। अहिले व्यापारीको कोटेशन काण्डले त सरकारलाई नाङ्गो बनाएको छ । कम्युनिष्टहरु नाङ्गो भएर पैसा कमाउन लागेका आम मानिसले देखे । संसार अतिक्रमित भएको अवस्थामा नेपालमा कम्युनिष्टहरुलाई पैसा किन आवस्यक परेको होला ? स्वास्थ्य सामाग्री खरिददेखि आम सर्वसाधारणको स्वास्थ्यसंग भइरहेको भ्रष्टाचारजन्य कार्यहरुले सरकारको वैधानिकता माथि नै प्रश्नचिन्ह लगाएको छ । संसदमा बहुमत छ र आवधिक रुपमा समय बाँकी ,यस्तो अवस्थामा पनि सरकार संकटमा परेको छ । यो संकट अन्य कारणले आएको नभई प्रधानमन्त्री,मन्त्री तथा सत्तारुढ दलकै नेतृत्वको वोली,व्यवहार,गतिविधि एवं चरित्रका कारण आएको हो ।ठेकेदारको घरमा बसेर उसकै संरक्षण गरी कामकाज नगर्ने बेहमानहरुलाई संरक्षण गर्नेदेखि लिएर प्रत्येक नियुक्ति र सरुवा बढुवामा पैसा असुल्ने कार्यले सरकारलाई वैधानिकता गुमाउने अवस्थामा ल्याएको छ । चीनबाट किनिएका स्वास्थ्य सामाग्रीहरुमा ४८ प्रतिशतभन्दा बढी मूल्य स्वीकृत गरिएको घटनालाई त इमान्दार कम्युनिष्ट कार्यकर्ताले पनि स्वीकार गर्न सकेनन । चौतर्फि दवाव र आलोचनापछि स्वास्थ्य सामाग्री खरिद प्रक्रिया नै रद्ध गर्नुले चरम अनियमिता भएको स्पष्ट हुन्छ । यसै समयमा आवस्यक व्यवस्था नगरेको र सतर्कता नअपनाएको, लापरवाही गरेको कारण कोरोना संक्रमण देखिएको र बढ्ने सम्भावना जीवित छ । जनता आवस्यक सामानको अभाव,असजिलो एवं संकट सामना गरिरहेकोमा सरकारका मन्त्रीहरु गैरजिम्मेवार तथा अनुत्तरदायी प्रस्तुति दिदै भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले सरकारको भूमिका माथि नै आम मानिसको विश्वास समाप्त गरेको छ ।
नेपाली नागरिक भारतीय सीमामा अलपत्र परेको दृष्यले आममानिसको धैर्यता टुटेको छ । महाकाली नदी पौडेर पार गरेका नागरिकलाई नाङ्गै सहर घुमाउने सरकारी शैलीले सरकारलाई नाङ्गो देखाएको छ । लकडाउन उलघंन गरेको आरोपमा सुरक्षकर्मीबाट निशेध र कुटपीट भएको दृष्यले सरकार फासीवादको बाटोमा अग्रसर देखिन्छ । गरिव,असहाय, मजदुर लगायतका निम्न आय भएका नागरिप्रति सरकारको जिम्मेवारी नदेखिदा वैधानिकताको सुविधानै कायम नरहने अवस्थामा राज्यप्रणाली चलेको आभास हुन्छ ।
त्यतिमात्र नभएर स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका साधन विना उपचार गर भन्नु वा निजि अस्पतालहरुले विरामीको उपचार नगर्नुजस्ता घटनाले राज्यको आवस्यकता माथि नै छलफल गर्नु पर्ने अवस्था सिर्जना भएको छ । सरकारका नजिकका निजि अस्पताल नागरिकको उपचार गर्नुपर्ने समयमा ढोका बन्द गरेर बसेका छन् । तर,सरकार बालुवाटारमा मस्त निदाएको छ । संकट र समस्या परेको अवस्थामा राज्यलाई सहयोग नगर्नेहरु लाई कारवाहीको दायरामा ल्याउन नसक्ने सरकार नागरिकलाई आवस्यक छैन । कम्युनिष्टहरु संयमता पनि गुमाउँदै छन । आम नागरिकको गुनासो र खवरदारीप्रति असहिष्णु टिप्पणी हुन थालेको छ । आफ्नो जिम्मेवारी पुरा नगर्ने अनि आलोचकहरुलाई कुकुर गिद्ध जस्ता शब्दावलीहरु प्रयोग गरी लुटतन्त्र मच्चाउन थालेका छन । यतिबेला हो कमाउने, अर्को अवसर आउदैन भन्ने ठानेकाले आफूलाई राम्रो र असल भएको देखाउन चाहने ढोंगीहरुको व्यवहार पनि जताले थाहा पाए । शालीन,सभ्य र संयमित भनिएका व्यक्तिहरुको शालीनता, संयमता र धैर्यता पनि नाटकीय रहेछ भन्ने आम मानिसले थाहा पाए । बुझ्नेहरुलाई त थाह नै थियो कि कम्युनिष्टहरुले गरि खादैनन तर भ्रममा परेका मानिसले पनि थाहा पाएकी यि भोका कम्युनिष्टहरु समयको गम्भीरता र संवेदनशीलताको फाइदा उठाएर लुट्दा रहेछन । कोरोना भाइरसको नाममा लुट गरिरहेकै सरकारले यसकारण आफ्नो वैधानिकता गुमाएको छ ।
जसले लुट्न सक्यो त्यही बलियो हुने भन्ने मान्यता स्थापित गराउन खोजिएको छ । राजनीतिमा यस्तै पात्र र प्रवृत्ति स्थापित गराउन खोजिदैछ । वैधानिक श्रोत नभएकाहरुको आम्दानीको श्रोत खोजी त्यस्ता भ्रष्ट,लुटेरा तथा नवपुँजीपतिहरु माथि अविलम्व कार्वाही प्रक्रिया अगाडी नबढाउने हो भने राज्य असफल हुँने निश्चित छ । कुनै खास योग्यता र क्षमता नभएका लुटेराहरुलाई राज्यव्यवस्था, राजनीति र सरकारबाट जतिसक्दो छिटो विदा दिनु पर्छ । अनिमात्र संकटको सामना गर्न सकिन्छ । राजनीति सुद्धिकरणमा जान्छ । जनताले राजनीति,नीति र सरकारप्रति विश्वास गर्ने अवस्था बन्छ ।




