ताजा समाचार

कोरोना कहरः पछिल्लो २४ घन्टामा फ्रान्समा १३ सय ५५ को ज्यान गयो

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणले अहिले युरोपियन देशहरु आक्रान्त बनेका छन् ।
फ्रान्समा कोरोनाभाइरसकै कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ ।
उता, स्पेनमा कोरोनाको कारण मर्नेको संख्या १० हजार नाघेको छ । बिहिबार एकैदिन ९ सय ६१ जनाको ज्यान गएको छ । भने सबैभन्दा प्रभावित बनेको इटालीमा मर्नेको संख्या १४ हजार नजिक पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *