काठमाडौं । अमेरिकामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमणका कारण बिहिबार एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अब मृतकको संख्या ६ हजार ७० पुगेको छ ।
त्यसै गरी हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै सबैभन्दा धेरै संक्रतिको संख्या हो । बिहिबार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएका थिए ।
अमेरिका भएका संक्रमित चीजनको भन्दा तेब्बर धेरै हो । चीनमा अहिले संक्रमित घट्दो क्रममा छन् । ८१ हजार ५ सय ८९ जना अहिले संक्रमित छन् । भने नयाँ बिहिबारको आँकडाम अनुसार मात्र ३५ जना छन् ।




