ताजा समाचार

बाग्लुङकी ६५ वर्षिया बृद्दा छैटौं कोरोना संक्रमित

काठमाडौं । नेपालमा बिहीबार देखिएकी छैटौं संक्रमित पनि बाग्लुङको भएको पुष्टी भएको छ । उनी पनि कतार एयरबाट नै नेपाल आएकी महिला हुन्। उनी ६५ वर्षिया बृद्द भएकाे खुलेकाे छ ।

यसअघि पाँचौ संक्रमित पनि बागलुङकै थिइन्। उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। यसअघि भेटिएको कोरोना संक्रमित पनि सोही एयरवेजबाट नेपाल आएका थिए । कतार एयरवेज क्यू ६५२ बाट आएका ३ जनामा कोरोना संक्रमण देखिइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *