ताजा समाचार

कतार एयरवेजबाट आएका अर्का एक जनामा काेराेना संक्रमण, संक्रमितकाे सख्या ६ पुग्याे

काठमाडौं । नेपालमा छैंटौं ब्यक्तिमा कोराेना संक्रमण भएको पुष्टि भएको छ । । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्। चैत्र ४ गते दोहावाट  कतार एयरवेजकाे जहाजबाट काठमाडौं आएका यात्रुमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। यसअघि भेटिएको कोरोना संक्रमित पनि सोही एयरवेजबाट नेपाल आएका थिए । कतार एयरवेज क्यू ६५२ बाट अाएका ४ जनामा काेराेना संक्रमण देखिइसकेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *