काठमाडौं । स्पेनमा भने कोरोना संक्रमितको मृत्युदर दिनानुदिन बढिरहेको छ। बुधबारमात्र ९ सय २३ जनाको ज्यान गुमाएका छन् भने अहिलेसम्म त्यहाँ ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै बुधबार मात्र ८ हजार बढी संक्रमित भेटिएका छन् ।
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित इटालीमा भने मत्युदर केही घटेको छ। मंगलबारको तुलनामा बुधबार मर्नेकोे दरमा कमी आएको छ । बुधबार २४ घन्टामा ७ सय २७ जनाको ज्यान गएको छ । त्यसैगरी बुधबार संक्रमितको दरमा पनि आएको छ । बुधबार ४ हजार ७ सय ८२ जना संक्रमित बनको छन् । कोरोना संक्रमणबाट इटालीमा मात्रै १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन्।
अमेरिका, इटली, स्पेनलगायतका देशहरूमा संक्रमण र मृत्यु दर बढिरहेका बेला चीन त्यसलाई न्यूनीकरण गर्न सफल भएको छ ।
चीनका ८२ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको लक्षण देखिएको थियो । यीमध्ये ३ हजार ३ सय १६ जनाको मृत्यु भएको छ । बुधबार थप ७ जनाको ज्यान गएको छ भने, ३६ जनामात्र नयाँ संक्रमित देखिएका छन् ।
विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ।




