काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) बाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ।
बिहिबार बिहानको रिपोर्ट अनुसार, विश्वभर ९ लाख ३५ हजार १ सय ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन्। तथ्यांक अनुसार ३५ हजार ४ सय ७८ जना सिकिस्त बिरामी छन् ।
कोरोनाबाट सबैभन्दा धेरै युरापियन देश इटाली प्रभावित बनेको छ । कोरोना संक्रमणबाट इटालीमा मात्रै १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन्। मंगलबारको तुलनामा बुधबार मर्नेकोे दरमा भने कमी आएको छ । बुधबार २४ घन्टामा ७ सय २७ जनाको ज्यान गएको छ ।
उता स्पेनमा भने कोरोना संक्रमितको मृत्युदर बढेको छ । बुधबारमात्र ९ सय २३ जनाको ज्यान गुमाएका छन् भने अहिलेसम्म त्यहाँ ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन्।




