काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले प्रहरी प्रशासन,नेकपाका नेता तथा कार्यकर्ताको अवरोधका बीच पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेका छन ।
सिन्धुपाल्चोकबासीलाई महामारीको घडीमा साथ दिइरहेका पूर्वमन्त्री बस्नेतलाई प्रहरी प्रशासनले असहयोग गर्दै आएको छ । पूर्वमन्त्री बस्नेतको जिल्ला प्रशाशन कार्यालयले जारी गरेको पास समेत म्याद नसकिदै सुरक्षा निकायले जफत गरेको थियो । सुरक्षा निकायले पास जफत गरेका कारण बस्नेतले आज बुधवार जिल्ला अस्पताल चौतारा,नवलपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा पीपीई सेट,माक्सलगायतका स्वास्थ्य सामाग्री पर्टीका जिम्मेवार नेताद्वारा वितरण गराएका थिए ।
पूर्वमन्त्री बस्नेतले उपलब्ध गराएको पीपीई,माक्सलगायतका स्वास्थ्य सामाग्री चौतारा जिल्ला अस्पताललगायतका आधादर्जन स्वास्थ्य संस्थामा हस्तान्तरण गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति टंक कार्कीले बताए । मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा बस्नेतको सहयोगमा १ थान पीपीइ सेट डा. नरेश काफ्लेलाई पत्रकार रामचन्द्र दुलालले हस्तान्तरण गरेका थिए ।
सिन्धुपाल्चोकबासीका सुख दुःखका सारथी नेता बस्नेतले मानेश्वारा,घुम्थाङ,कर्थली,घोर्थली,पेट्कुलगायतका दर्जनौ ठाउँमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेका थिए । नेपाल चीनको सीमा क्षेत्र पर्ने हेल्थ डेक्स र प्राथमिक स्वास्थ्य केन्द्रमा पीपीइ,माक्सलगायतका स्वस्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । यसै गरी नेपाल चीन सीमा सुरक्षमा खटिएका सुरक्षकर्मीलाई समेत बस्नेतले पीपीई लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य सस्थामा पीपीई,माक्सलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । यसै गरी नेता बस्नेतले सडक मजदुर, वृद्धवृद्धाहरुलाई खाद्यन्न समेत वितरण गरेका थिए ।

संकल्पखवरसंग कुरा गर्दै पूर्वमन्त्री बस्नेतले विश्वव्यापी रुपमा कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला जनतालाई कोरोनाको महामारीबाट बचाउन आफू लागि परेको बताए । काठमाडौंको सुविधासम्पन्न हस्पिटमा नपाईने पीपीई,माक्स लगायतका स्वास्थ्य सामाग्री आफूले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थामा हस्तान्तरण गरेकोछु पूर्वमन्त्री बस्नेतले भने सरकारले स्वास्थ्य सामाग्री उपलब्ध नगराएपछि आफूले काठमाडौंका विभिन्न सप्लायर्सहरुसंग बाँकीमा स्वास्थ्य सामाग्री खरिद गरेर स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको हुँ ।
पूर्वमन्त्री बस्नेतले स्वास्थ्य सामाग्री तथा राहात वितरणको कार्य जारी रहने र यसको दायरा अझै बढाउदै लाने समेत बताए । उनले भने थप सामाग्री संकलन भइरहेको छ, चीन,हंंकङ्ग, अमेरीका लगायतका ठाउँबाट राहतको सामाग्री आउदैछ,लकडाउनका कारण मात्र सामाग्री रोकिएको हो । त्यो सामाग्री आएपछि अझ व्यापक ढंगबाट राहत वितरण गरिने छ ।
सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका सामाग्री समयमा उपलब्ध नगराएर कारोडौ जनताको स्वास्थ्य माथि खेलवाड गरेको आरोप समेत नेता बस्नेतको छ ।






