ताजा समाचार

यसरी बने भारी सचिव

काठमाडौं। सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा राजेन्द्र प्रसाद भारीलाई पदस्थापन गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद वैठकले भारीलाई सचिवमा बढुवा गरेको थियो । सामान्यतया वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्नुपर्ने भएपनि भारीको हकमा भने त्यो लागू भएन ।

सचिव बढुवा समितिले भारी सहित थप दुई जनालाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । स्रोतका अनुसार पहिलो र दोश्रो नम्बरमा सिफारिस भएका व्यक्तिलाई बढुवा नगरी तेस्रो नम्बरमा सिफारिस भएका भारीलाई सचिव बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल सफल भएका छन । स्वचछ छबीका साम्यवादी मन्त्री भूसालले तेस्रो नम्बरमा सिफारिस भएका भारीलाई काखीच्यापेपछि मन्त्रालय भित्र उनको आलोचना हुन थालेको छ ।

आइतवारको मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार त्यो दिन सचिव बढुवाको विषयमा कुनै छलफल भएको थिएन । सचिव बढुवाको निर्णय पछि मिडियाबाट थाहा पाइयो ।
कृषि सचिवको बढुवा र पदस्थापनमा आर्थिक चलखेल समेत भएको स्रोतले संकल्पखवरलाई बतायो । स्रोतका अनुसार विद्वान मन्त्री भूसालले राम्रै द्रव्य लाभ गरेका छन । भारीलाई सचिव बढुवा गर्दा भूषालले पिछडिएको क्षेत्रबाट बढुवा गरेको दाबी गरेका छन । कृषि विकास मन्त्रालयमा पदस्थापन भएका भारी र भूसालको घर भैरहवामा एकै ठाउँ रहेको बताइन्छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सचिव बनाइएका भारी सचिव हुनु अघि कर्णाली प्रदेशको भूमि,कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत थिए । जागिर सुरु गरेदेखि नै प्रोजेक्टमा बसेका भारीले राम्रै धन संकलन गरेको उनका सहकर्मीहरु बताउछन । शाखा अधिकृतबाट जागिर प्रवेश गरेका भारीले सुरुमा सीएलडीपी (कम्युनिटि लाइफस्टेक डेभलपमेन्ट प्रोजेक्ट) को योजना अधिकृत भएर लामो समय काम गर्ने सौभाग्य पाएका थिए । सो प्रोजेक्टमा काम गरी चाडै उपसचिवमा बढुवा भएका भारीले तेस्रो लाइभस्टेक डेभलपमेन्ट प्रोजेक्ट( थडएलडीपी) को योजना प्रमुख बन्ने मौका पाए । भारीले जिम्मेवारी सम्हाल्दा पनि उक्त प्रोजेक्ट कृषि मन्त्रालय मातहतको आकर्षक मानिन्थ्यो ।

सहसचिव बढुवा हुनासाथ भारीले हाइ भ्याल्ली प्रोजेक्टको प्रोेजेक्ट डाइरेक्टर बन्ने अवसर पाए । यस प्रोजेक्टमा बस्दा भारीले करोडौ रकम हानी र अपचलन गरेको स्रोतले संकल्पखवरलाई बतायो । ६ वर्ष एचभीपीमा बसेपछि सुर्खेत कार्यालयमै कार्यालय रेहेको कृषि विकास प्रोजेक्टको पीडी बन्ने अवसर समेत भारीले पाए । शाखा अधिकृतबाट जागिर सुरु गरेका भारी सधैभरी आकर्षक र कमाउ ठाउमा बस्दै सचिव बन्ने नगन्य कर्मचरीमा पर्छन । यस्तो अवसर निजामति सेवामा विरलैले मात्र पाउने गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *