देश

अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ८७ हजारभन्दा बढी, एकैदिन ७१९ को मृत्यु

काठमाडौं । विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएको अमेरिकामा यसबाट मर्नेको दर पनि बढिरहेको छ । अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन्। पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएका छन् ।
अमेरिकामा विगत २४ घन्टामा ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो ।

उपचारपछि ६ हजार ४ सय ६१ जना घर फर्किएका छन् भने ३ हजार ९ सय ८८ को अवस्था निकै नाजुक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *